यस्तो देखियो अध्यक्ष रञ्जिताले बोलाएको केन्द्रीय समिति बैठक, को को छन् सहभागी?
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। दुईदिनसम्म चल्ने बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा अद्यावधिक लगायत उपनिर्वाचनका विषयमा छलफल हुने नेताहरूले जनाएका छन्।
बैठकमा केन्द्रीय सदस्यका साथै संघ, प्रदेश र स्थानीय तहमा पार्टीका निर्वाचित प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ। तर पार्टीका संरक्षक रेशम चौधरी पक्ष भने बैठकमा सहभागी भएका छैनन्। बैठकमा राखिएको ब्यानरमा एकातर्फ अध्यक्ष रञ्जिता श्रेष्ठ र अर्कोतर्फ संरक्षक रेशम चौधरी तस्बिर राखिएको छ।
यसअघि पार्टीका संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई पार्टीको अध्यक्ष र साधारण सदस्यबाट समेत हटाएर रेशमका बुवा लालबीरलाई अध्यक्ष बनाएको थियो। तर निर्वाचन आयोगले उक्त कमिटीलाई मान्यता नदिएपछि रञ्जिता श्रेष्ठ नै अध्यक्ष कायम भएकी हुन्।






Facebook Comment