२३ वर्षीया रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोन मृत फेला, ९ महिने बच्चा सिकिस्त

सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन्। लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन्।

नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ।

घटनास्थलमा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो। त्यही फल्याटमा बस्दै आएकाले खबर गरेपछि प्रहरी पुगेर ढोका खोलेको थियो। आमाले घरायसी विवादमा दुई छोरालाई विशेष खुवाएर आफैंले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।




One thought on “२३ वर्षीया रञ्जिता चौधरी र ५ वर्षीय छोरा एरोन मृत फेला, ९ महिने बच्चा सिकिस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *