अमेरिका बस्ने दुई थारू युवाले नेपालमा ल्याउँदैछन् कुरा गर्न मिल्ने ‘मेरोनेप’
अमेरिका बस्ने दुई जना थारू युवाहरूले ‘मेरोनेप’ नामक एप नेपालमा सार्वजनिक गर्ने तयारी गरेका छन्। कुरासमेत गर्न मिल्ने उक्त एपलाई एन्ड्रोइडमार्फत नेपालमा लन्च गर्ने तयारी गरिएको हो। यद्यपि यो एप अमेरिकालगायत केही देशहरू सञ्चालनमा आइसकेको छ।
चितवनका मनोज महतो हालः अमेरिकाम आइटी क्षेत्रमा पीएचडी गर्दैछन्। त्यस्तै मोरङका प्रदीप चौधरी पनि लामो समयदेखि आइटी क्षेत्रमा सक्रिय छन्। यिनै दुई थारू युवाहरूको पहलमा मेरोनेप एप सार्वजनिक हुन लागेको हो।
हालः यो एप अमेरिकामा निकै रुचाइएको मनोज महतोले थारूवानलाई बताए। अमेरिकामा पुगेका नेपालीहरूको समस्या समाधान गर्ने उद्देश्यले यो एप खोलिएको मनोजको भनाइ छ। तर, सयमको माग र नेपालमा सरकारको लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्धका बीच एन्ड्रोइनमा सार्वजनिक गर्ने तयारी गरिएको हो।
‘अमेरिका आएपछि नेपालीहरूले निकै नै समस्या भोग्नछन्। हामीले पनि त्यो समस्या भग्यौं। सुरूमा त यहाँ आएर कहाँ बस्ने, के खाने, कसलाई सम्पर्क गर्ने समस्या हुन्थ्यो। जस्तै घर भाडाका कुरा होस्, घरमा आउने स-साना समस्या होस्, कसैलाई इमिग्रेसनको समस्या हुन्छ, कसैलाई अचानक स्वास्थ्यमा समस्या हुनसक्छ, बीमा, ड्राइभिङ आदिका समस्या हुन्छ, यी सबै कुरालाई एकै प्लेटफर्मबाट सम्बोधन गर्न मेरोनेप एप ल्याएका हौं। सुरूमा अमेरिका लक्षित राखेर आइओएसमा मात्र लन्च गरेका थियौं। विस्तारै यसलाई अन्य देशहरूमा सार्वजनिक गर्दै गयौं। अहिले देशमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको अवस्था छ। एन्ड्रोइडमा गएर नेपालमा पनि विस्तार गर्ने यो उचित समय जस्तो लाग्यो,’ थारुवानसँगको कुराकानीमा उनले भने।
मनोजको टिम अमेरिका र नेपालमा पनि सक्रिय भएर काम गरिरहेको छ। उनका अनुसार नेपालमा मात्रै ११ जनाको टिमले एप तयार गर्दैछ। ती सबै डेभ्लपरहरू थारू समुदायकै रहेको उनले बताए। ‘थारू समुदायकै डेभ्लपरहरूले यो एपको विकास गर्दैछ। मुख्य कुरा हामीले हेरे पनि अधिकांश काम नेपालबाट भइरहेको छ,’ उनले भने।
अबको समय प्रविधिको भएकाले पनि यसलाई दीर्घकालीनरूपमा देश र विदेशमा रहेका नेपालीहरूलाई जोड्दै लैजाने योजना रहेको उनले बताए।
Facebook Comment