थारू आयोगका सदस्य उमाशंकर चौधरीले दिए राजीनामा
थारू आयोगका सदस्य डा. उमाशंकर चौधरीले राजीनामा दिएका छन्। डा. चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम राजीनामा बुझाएका हुन्।
राष्ट्रपति रामचन्द्र पदडेलले उनको राजीनामा स्वीकृत गरेका छन्। ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थारू आयोगका माननीय सदस्य डा. उमाशंकर प्रसाद चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम उक्त आयोगको सदस्य पदबाट मिति २०८२ भदौ २२ गते दिनुभएको राजीनामा मिति २०८२ भदौ २३ गतेदेखि लागू हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,’ राष्ट्रति कार्यालयका सूचना अधिकारी अर्चना खड्का अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
Facebook Comment