रेशम चौधरीद्वारा नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालको घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्।

उनले नागरिक उन्मुक्ति पार्टी, नेपालको घोषणा गरेका हुन्। नयाँ पार्टी घोषणा गर्दै उनले अन्तरिम सरकारसँग तीन बुँदे माग राखेर अघि बढ्ने बताए। उनले टीकापुर घटनाको झुठा मुद्दा खारेज गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधानको पुनर्खेलनसँगै प्रदेशको पुनःसंरचना हुनुपर्ने माग राखेका छन्।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए। पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो। श्रेष्ठ र चौधरीको समूह फरक-फरक थियो।

‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन् ।

नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए । ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुस्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन’, उनले भनेका छन् ‘मेरो दुस्मनी यो देशका राष्ट्रिय फटाहहरुसँग छ।’

संसद्मा राजीनामा दिएकाहरू फेरि फिर्ता हुन जानेहरूसँग सम्झौता नहुने उनले स्पष्ट पारेका छन् । नयाँ दल नयाँ नयाँ भावना र राजनीतिक विचारलाई स्थापना गर्ने बताए ।

‘मैले नै नागरिक उन्मुक्ति पार्टीको गीत लेखेको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीका विधान लेखको हो । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना गरेको हो’, उनले भनेका छन्, तर व्यक्तिगत अहङ्कार र स्वइच्छालाई मैले जित्न सकिन ।,

नागरिक उन्मुक्ति पार्टीलाई धन्यवाद दिँदै नागरिक उन्मुक्ति पार्टी नेपालमा स्वागतको आह्वान समेत उनले गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *