चितवनका ललितकुमार चौधरीलाई अन्तरिम सरकारको मन्त्री बनाउन लक्ष्मण थारूको माग

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थारू समुदायको प्रतिनिधित्व हुनुपर्ने माग थारू अगुवाहरूले गरेका छन्। आज विहान चितवनमा बसेको थारू अगुवाहरूको बैठकमा थरूहट आन्दोलनका नेता लक्ष्मण थारूले ललितकुमार चौधरीलाई अन्तरिम सरकारमा पठाउने प्रस्ताव राखेका थिए।

बैठकमा सहभागी अधिकांश व्यक्तिहरूले उक्त प्रस्तावलाई समर्थन जनाएका छन्। बैठकमा थारू समुदायका अगुवाहरू, बुद्धिजीवी, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए।

चितवनको माडीमा २०३४ सालमा जन्मिएका ललितकुमार चौधरी थारू समुदायका स्थापित अगुवा नेता हुन्। २०५६ सालमा उनी थारू विद्यार्थी समाज चितवनका जिल्ला अध्यक्ष बने। २०६४ सालमा दाङमा आयोजना गरिएको महाधिवेशनबाट थारू विद्यार्थी समाजको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए। विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रामा सक्रिय भएका चौधरी पछि थारू कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति बने। हालः उनी दोस्रो कार्यकालमा पनि सभापतिको जिम्मेवारी सम्हालिरहेका छन्। ललितकुमार चौधरी हाल कुनै पनि राजनीतिक पार्टीसँग औपचारिक रूपमा आबद्ध छैनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *