राष्ट्रिय शोकमा असोज १ गते बिदा दिने सरकारको निर्णय, जेनजी जागरण स्मार्क पार्क निर्माण गरिने

सरकारले सार्वजनिक सम्पत्तिमाथि आगजनी र लुटपाट सम्बन्धनमा उच्चस्तरीय न्यायिक समिति बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताए।

जेनजी जागरण स्मारक पार्क बनाउने सरकारको निर्णय
सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ। जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले स्मारक पार्क बनाउने निर्णय गरेको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले बताए। उनका अनुसार पार्क निर्माण गर्ने स्थान पछि सुनिश्चित गरिनेछ। ‘स्थान अहिल्यै सुनिश्चित भएको छैन। उहाँहरूको सम्झनामा जेनजी जागरण स्मार्क पार्क बनाउने निर्णय भएको हो,’ उनले भने।

उनका अनुसार अहिले सैद्धान्तिक निर्णयमात्र भएको हो। ‘आज सैद्धान्तिक निर्णय भयो। कसको नेतृत्वमा को को सदस्य रहने विषयमा अर्को बैठकले निर्णय गर्छ। पूर्वन्यायाधीशको संयोजकत्वमा समिति बन्छ,’ उनले भने।

जेनजी आन्दोलनका मृतक परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

त्यस्तै सरकारले यसअघि मृतक परिवारलाई दिँदै आएको १० लाखमा थप ५ लाख थपेर १५ लाख दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए। त्यस्तै शवलाई सम्बन्धित स्थानमा पुर्‍याउन पनि सरकारले सहजीकरण गर्ने निर्णय भएको उनले बताए।

असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए। उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *