‘फेरि उठ्छौं’ भन्ने नेताहरूलाई सुरेन्द्र चौधरीले दिए यस्तो चेतावनी
नागरिक अभियन्ता सुरेन्द्र चौधरीले नेताहरूलाई दलीय सिन्डिकेटबाट बाहिर निस्किन आग्रह गरेका छन्। प्रमुख राजनीतिक दलका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व दिन आनाकानी गरिरहेका बेला नागरिक प्रथमका अभियन्ता चौधरीले जेनजी आन्दोलनको मर्म पनि राजनीतिक दलहरूले विगतको कुकर्म त्यागेर नयाँ स्वरुपमा आउनु रहेको बताए।
उनले जेनजी आन्दोलनले उठाएको आदर्शलाई मनन गर्न नेताहरूलाई सुझाव पनि दिए। पुराना दलहरू फेरि उठ्छौं भनेर उद्घोष गरिरहँदा उनले फोनिक्स चरा (प्राचीन इजिप्ट मिथक)को कथाले बोकेको सन्देशको मजाक नबनाउन आग्रह गरे।
‘पुराना दलका मुखियाहरूले नयाँ पुस्तालाई कार्यवाहक जिम्मेवारीसमेत दिन आनाकानी गरिराखेको अवस्थामा फोनिक्स चराको कथालाई आफ्नो आदर्श भनेर उद्धृत गर्नु राजनीतिमा जेनजीले उठाएको आदर्शवादको खिल्ली उदाउनु हो,’ उनले भने ।
सन् १८५० हान्स क्रिश्चियन एन्डरसनद्वारा लिखित फिनिक्स चराको कथाले नवीकरण, पुनरुत्थान, अमरता र आगोको मृत्यु र राखबाट पुनर्जन्मको पौराणिक चक्रको माध्यमबाट प्रतिकूलतामाथि विजयको प्रतीक हो। यसले परिवर्तन, आशा र चुनौतीहरू वा व्यक्तिगत विनाशलाई पार गरेपछि बलियो भएर उदाउने एउटा शक्तिशाली रूपकको प्रतिनिधित्व गर्दछ। इजिप्टियन, ग्रीक र अन्य पौराणिक फोनिक्स चराको कथाले दिने सन्देश भनेको आगोको ज्वालामा भष्म भएपछि आफ्नै खरानीबाट नयाँ, जवान चराको रूपमा उठ्ने क्षमता हो। मृत्यु र पुनर्जन्मको चक्रको अवधारणाले फिनिक्सलाई अनन्तजीवन र लचिलोपनको प्रतीक बनाउँ।
फिनिक्सले पुरानो आत्म वा विगतका कुकर्म हरूलाई त्यागेर बलियो र नवीकरण हुने, विनाशको अवधि पछि नयाँ सुरुवात गर्ने विचारलाई मूर्त रूप दिन्छ। फिनिक्स चराको कथाले खरानीदेखि नयाँ जीवनसम्मको यात्राले व्यक्तिगत चुनौतीहरू पार गर्ने र कठिन समयपछि विजय प्राप्त गर्ने प्रतिनिधित्व गर्छ। यसको चिरस्थायी चक्रले आशाको सन्देश प्रदान गर्छ, यसले विनाशबाट पनि नयाँ सुरुवात हुन सक्छ भन्ने सन्देश दिन्छ।
अभियन्ता सुरेन्द्र चौधरीले पुराना दलहरूलाई प्रतिप्रश्न गर्दै भने, ‘के तपाईँहरू दलीय सिण्डिकेटको संस्कारबाट बाहिर निस्किन तयार हो? के तपाईँहरु नयाँ, जवान चराको रूपमा उठ्न तयार हो? के तपाईँहरू विगतका कुकर्महरूलाई त्यागेर बलियो र नवीकरण हुन, नयाँ सुरुवात गर्ने विचारलाई मूर्त रूप दिन तयार हो? यदि तयार हो भने ठीक छ। जेनजी विद्रोहको मर्म पनि यही हो। तर, अझै पनि पुरानै नेता , पुरानै सोंच र चिन्तन बोकेर जसरी पनि सर्वसत्ता बाद लाद्ने सोँचमा हुनुहुन्छ भने फिनिक्स चराको कथाले बोकेको आदर्शलाई आफ्नो अनुकुलतामा व्याख्या गर्ने अधिकार तपाईँहरूलाई छैन।’
Facebook Comment