लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरी लावा डग्गर साहित्यिक पुरस्कारबाट सम्मानित

थारू लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरी लावा डग्गर साहित्यिक पुरस्कारबाट सम्मानित भएका छन्। थारू भाषाको त्रैमासिक पत्रिका लावा डग्गरको १६औं तथा थारू साहित्य-संस्कृति प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा लेखक चौधरीलाई १५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो।

पुरस्कारले थारू भाषा, साहित्यिक लेखनमा थप जिम्मेवार बनाएको लेखक चौधरीले बताए। लेखक चौधरीले थारू प्रतिनिधि कथा-१, अस्टिम्कीक गीत, बिहान, डौना बेबरी पत्रिकाको संकलन, लेखन र सम्पादन गरेका छन्। थारू भाषा पृष्ठको सहसंयोजक समेत रहिसकेका उनी अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभाग सदस्य छन्।

प्रमुख अतिथि प्राज्ञ डा. कृष्णराज सर्वहारीले लावा डग्गर पत्रिकालाई देश विदेशसम्म जोड्नका लागि असोज १७ गतेदेखि अनलाइन संस्करण पनि सुरु गरिएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *