आगजनीमा एमाले नेता-कार्यकर्ताकै संलग्नता खुलासा हुँदै, ओलीको दाबीमाथि प्रश्नचिह्न
देशभर फैलिएको जेनजी आन्दोलनलाई ‘विदेशी शक्तिको खेल’ भनेर बदनाम गर्न खोज्दै आएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उनका निकटस्थ नेताहरू अहिले आफैं आलोचनाको घेरामा परेका छन्। हालै सार्वजनिक भएका तथ्य र प्रमाणहरूले आगजनी र हिंसात्मक घटनामा एमालेका नेता-कार्यकर्ताको संलग्नता रहेको देखाएका छन्, जसले ओली नेतृत्वको विश्वसनीयता नै प्रश्नचिह्नमा पारेको छ।
कांग्रेस नेता गगन थापाले एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो घरमा आगजनी गर्ने समूहमा केपी ओलीका निकटस्थ एक स्थानीय एमाले नेता समेत संलग्न रहेको खुलासा गरे। त्यस्तै, पूर्वराष्ट्रपति विद्या भण्डारीको निवासमा आगजनी प्रयास गरेको आरोपमा पक्राउ परेका मध्ये एक जना व्यक्ति एमालेको युवा संघको सदस्य रहेको तथ्य बाहिर आएको छ। यी खुलासाहरूले ओली नेतृत्व र एमालेको ‘विदेशी हात’ भन्ने दाबीलाई आत्मविरोधी बनाइदिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यी घटनाले देखाउँछ कि एमाले आफैंले जेनजी आन्दोलनलाई बदनाम गर्न र सरकारलाई अस्थिर देखाउन योजनाबद्ध रूपमा घुसपैठ गराएको हुनसक्छ। कतिपयले त यसलाई ‘राजनीतिक नाटक’ भन्दै ओली नेतृत्वको चरित्र उजागर भएको टिप्पणी गरेका छन्।
एमालेले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विदेशी घुसपैठ भएको भन्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई लगातार दबाब दिँदै आएको थियो। सुरक्षाको कारण देखाउँदै एमालेले फागुन २१ गते तय भएको आमनिर्वाचनमा भाग नलिने घोषणा गर्दै प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा पनि त्यसैको पुनरावृत्ति गरेको थियो।
जेनजी आन्दोलनमा केपी ओली नेतृत्वको सरकारको दमनका कारण हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने सयभन्दा बढी घाइते भएका छन्। युवाहरूले भ्रष्टाचार र सुशासनको माग गर्दै उठाएको आन्दोलनलाई हिंसात्मक र विदेशी प्रेरित देखाउने ओलीको प्रयास अहिले उल्टो परिरहेको छ। राजनीतिक वृत्तमा अब एउटा प्रश्न मुखरित छ, जेनजी आन्दोलनलाई बदनाम गर्ने नाममा एमाले आफैंले आगो बालिरहेको त होइन?
कान्तिपुरको फायरसाइडमा गगन थापालेका भनेका छन्, ‘म घरमै थिएँ। म सभापतिजीसँग कुरा गर्दै थिएँ। सरकार छोड्नुपर्यो भन्दै थिएँ। प्रदीप पौडेलसँग फोनमा कुरा गरिरहेको थिएँ। मेरै टोलको, पुरानो राजनीतिक दलको, सरकारमा रहेको दलको, अझ प्रधानमन्त्रीसँग विशेष पहुँच पनि भएको, त्यहाँको चुनाव समेत लडेको नेतै आएको छ मेरो घर जलाउन। ऊ त आफैं सरकारमा छ। सरकारसँग रिसाएको हो भने त ऊ आफैँ पनि सरकार हो।’
आफूले सीसी टिभी क्यामरामा आफ्नो घर जलाउन आउनेहरुलाई देखेको बताउँदै थापाले अर्का एक पात्रको कुरा पनि सुनाए, ‘काभ्रेको मान्छे हो । ऊ उमेरले पनि जेन जी पनि होइन। भर्खर बलात्कारको (सजायँबाट) छुटेर आएको छ। पहिला ऊ चाहिँ पुरानो राजनीतिक दलमै आबद्ध थियो।’
Facebook Comment