पञ्जाबमा प्रहरी जवानले पत्नी र दुई छोरालाई गोली हाने, त्यसपछि गरे आत्महत्या

भारतको पञ्जाबस्थित मानसा जिल्लामा एक प्रहरी जवानले आफ्नै पत्नी र दुई छोरालाई गोली हानेपछि आत्महत्या गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार घटनामा एक छोराको मृत्यु भएको छ भने उनकी पत्नी र अर्का छोरा घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

मानसाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)का अनुसार घटना बिहान करिब ७ बजे भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना पारिवारिक विवादसँग सम्बन्धित रहेको आशंका गरिएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोली प्रहार गर्न ती जवानले आफ्नो सरकारी हतियार प्रयोग गरेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार गोली चलाउने प्रहरी जवान मानसा जिल्लाका उपायुक्त (डीसी)को सुरक्षाकर्मीका रूपमा खटिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *