श्यामकुमार थारूको पसलमा एयर पेस्तोल देखाएर धम्की सन्दीप चौधरी पक्राउ

एयर पेस्तोलसहित बाँकेमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-८ टिटिरिया निवासी २८ वर्षीय सन्दीप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । त्यही स्थानका २९ वर्षीय श्यामकुमार थारुको किराना पसलको आँगनमा विवादका क्रममा एयर पेस्तोल देखाएर ज्यान लिने धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरी र थारुबिच विवाद भएपछि उक्त विवाद भइरहेका बेला मादक पदार्थ सेवन गरेका चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाएर थारुलाई ज्यान लिने धम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरी चौकी रनियारपुर दहवा र इलाका प्रहरी कार्यालय धनौली, बाँकेबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *