नेपाललाई २ खर्ब ४० अर्ब सहयोग गर्ने मोदीको घोषणा, यस्ता छन् ८ बुँदे सहमति
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब आर्थिक सहयोगको घोषणा गरेको छ । बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् ।
यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय
१. शैक्षिक तथा अनुसन्धान सहकार्य : भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्र।
२. सुरक्षा तथा प्रहरी प्रतिष्ठानबीच सहकार्य : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच समझदारीपत्र।
३. निजामती कर्मचारीको क्षमता अभिवृद्धि तालिम : भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारीपत्र।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा : आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्न भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
५. स्याटेलाइट सञ्चार नेटवर्क स्थापना : दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क स्थापना गर्ने विषयमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र।
६. दिगो सहरी विकास : दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यका लागि भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
७. स्वास्थ्य तथा चिकित्सा : स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्न भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारीपत्र।
८. पशुपालन तथा मत्स्यपालन विकास : पशुपालन र मत्स्यपालन विकासको क्षेत्रमा सहकार्यका लागि भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र।
Facebook Comment