दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ को अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पछि पार्दै चौधरी विजयी भएको निर्वाचन आयोग दाङले बताएको छ । Continue reading “दंगीशरण वडा १ मा एमालेका श्रीप्रसाद चौधरीको प्यानल विजयी”
Author: admin
टीकापुरको मेयर उपमेयर दुवैमा नेपाल लोकतान्त्रिक फोरमको अग्रता
टीकापुर नगरपालिकाको हालसम्म पाँच सय मत गणना सम्पन्न भएको छ। प्रारम्भिक मत परिणाम अनुसार नेपाल लोकतान्त्रिक फोरमले अग्रता सुरुवात गरेको छ।
Continue reading “टीकापुरको मेयर उपमेयर दुवैमा नेपाल लोकतान्त्रिक फोरमको अग्रता”
टीकापुरमा अग्रता बढाउँदै नेपाल लोकतान्त्रिक फोरमका लौटन चौधरी
टीकापुर नगरपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणामअनुसार लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार लौटन चौधरीले १०३० मत पाएका छन्। लोकतान्त्रिक फोरमले टीकापुरमा उपमेयर पदमा पनि अग्रता लिएको छ। उपमेयरका उम्मेदवार सुदेशनी चौधरीले ९८० मत प्राप्त गरेकी छन्। Continue reading “टीकापुरमा अग्रता बढाउँदै नेपाल लोकतान्त्रिक फोरमका लौटन चौधरी”
निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका टीकापुर राजबन्दी परिवारले किन भोट हाले?
लखन चौधरी/धनगढी।
कैलाली जिल्लामा सम्पन्न मतदानमा करिब ७० प्रतिशत मत खसेको छ। जिल्लाभरि उत्साहजनक र शान्तिपूर्ण वातावरणमा मतदान भएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ। Continue reading “निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका टीकापुर राजबन्दी परिवारले किन भोट हाले?”
थारु समुदायका ‘बडघर’ जसले १५ वर्ष गाउँ चलाए
कमलेश चौधरी नेपाल राष्ट्रिय इन्दिरा भुसाल प्राविमा मंगलबार दिउँसो असिनपसिन हुँदै मतदान केन्द्र बनाउन सघाइरहेका थिए । एक्ला स्थानीय बासिन्दा किन आए, निर्वाचनमा खटिएका कर्मचारी अन्योलमा परे । पछि रहस्य खुल्यो, उनी त ‘बडघर’ रहेछन् । Continue reading “थारु समुदायका ‘बडघर’ जसले १५ वर्ष गाउँ चलाए”
भोट हाल्दै गच्छदारले भने- ‘चुनावमा सहभागी नहुनु राजपाको ठूलो भुल’
उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले मुलुकले अब समृद्दि र विकासको फड्को मार्ने बताएका छन्। गच्छदारले दोस्रो चरणको स्थानीय निकायको चुनाव सकिएको र अब तेस्रो चरणको पूरा भएर प्रान्त तथा केन्द्रको चुनाव सकिएपछि राजनीतिक स्थायीत्व पनि हुने बताए। Continue reading “भोट हाल्दै गच्छदारले भने- ‘चुनावमा सहभागी नहुनु राजपाको ठूलो भुल’”
मतदान गर्दागर्दै उदयपुरमा श्रीलाल चौधरीको मृत्यु
उदयपुरको गुदिपुर वेलका नगरपालिका-३ को मादी मतदान केन्द्रमा मतदान गर्दागर्दै एक वृद्धको मृत्यु भएको छ। मतपत्र लिएर मतदान गर्न गएका ६० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय शिक्षक गिरीलाल परियारका अनुसार उनी मतपत्र लिएर गएपनि धेरैबेरसम्म फर्किएनन्। त्यहाँ जाँदा उनी मृत अवस्थामा भेटिएका थिए। हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। Continue reading “मतदान गर्दागर्दै उदयपुरमा श्रीलाल चौधरीको मृत्यु”
थरुहट क्षेत्रमा शान्तिपूर्णरुपमा मतदान हुँदै
कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालका अनुसार कैलालीसहित ७ नं प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ । Continue reading “थरुहट क्षेत्रमा शान्तिपूर्णरुपमा मतदान हुँदै”
आदिवासी चलचित्र महोत्सवमा ’जितिया’ प्रदर्शन हुने
आदिवासी जनजाति चलचित्र महासंघले राजधानीमा ‘आदिवासी जनजाति चलचित्र महोत्सव’ गर्ने भएको छ । यही असार १७, १८ र १९ गतेसम्म प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा तिन दिने ‘आदिवासी जनजाति चलचित्र महोत्सव–२०७४’ हुने महासंघले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । Continue reading “आदिवासी चलचित्र महोत्सवमा ’जितिया’ प्रदर्शन हुने”
कांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमण प्रयास
कांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमणको प्रयास भएको छ। तुलसीपुर १६ मा निधन भएका एक व्यक्तिको घरमा समवेदना दिनका लागि गएका सांसद चौधरीलाई त्यहाँ कुटपिटको प्रयास भएको थियो। सांसद चौधरीले आफू समवेदना प्रकट गर्नका लागि त्यहाँ गएको तर एमालेका स्थानीय कार्यकर्ताहरुले घेरा बन्दी गरेर आक्रमणको प्रयास गरेको बताए। Continue reading “कांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमण प्रयास”