सोमबार राति धनगढी खानेापनी संस्थान जाने रोडस्थित जीएस एण्ड सन्स होटल परिसरमा बम विष्फोट हुँदा एक युवकको ज्यान गएको छ। बम बोकेर ल्याएका बिप्लव माओवादीका कैलाली जिल्ला सदस्य धनगढी उपमहानगरपालिका-१२ निवासी २९ वर्षीय चन्द्र सिंह उर्फ सनराइजको मृत्यु भएको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए। Continue reading “आफैँले बोकेको बम पड्किँदा विप्लव कार्यकर्ताको मुत्यु”
Author: admin
३८ दिनको प्रहरी अपरेसनपछि गंगासागर महतोका हत्यारा पक्राउ
कारी महतो/चितवन।
भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेेठ ४ गते राती १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गरी तथा परिवारका सबैलाई मरणासन्न हुनेगरी कुटपिट गरी नगद तथा सुनचाँदीका गहना लुटेर फरार रहेका लुटेराहरु मध्ये दुई जनालाई लुटेका धनमाल र हातहतियारसहित आज ३८औैं दिनमा जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन्। Continue reading “३८ दिनको प्रहरी अपरेसनपछि गंगासागर महतोका हत्यारा पक्राउ”
राजनीतिमा भोटिङ एजेण्डा
सीएन थारु।
नेपालको संविधान २०७२ जारी भए पश्चात स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे बमोजिमको व्यावस्था लागु गर्न भनि एक चरणको सम्पन्न भएर दोश्रो चरणको हुनगइरहेको छ । प्रदेश नं.२ भनिएको क्षेत्रमा तेश्रो चरणमा गर्ने भनियो । पहिलो चरणमा उत्साहपूर्ण सहभागीता रहेको र दोश्रो चरणमा समेत त्यसको लहर आएको प्रचार गरिंदैछ । पहिलो चरणमा संविधान जारी भए पश्चात दिपावली मनाउनेहरुको सहभागीता उच्च देखिनु स्वभाविकै मान्नुपर्दछ तर दोश्रो चरणमा विरोध गर्नेहरुको पनि समाचार सुनियो । संघिय लिम्बुवान पार्टी, नेपाल निर्वाचनको वहिष्कार गरेर गतिविधि गर्दै आएको र राष्ट्रिय जनता पार्टी समेत सोही बाटोमा अगाडि बढ्ने गरेकोले सहभागीतामा कमी नआए पनि केही असहजता भने ल्याउने देखिन्छ । चुनाव पश्चात भने नेपाल लोकतान्त्रिक फोरम तथा संघीय समाजवादी फोरमको हालत नाजुक हुने पक्का छ किनकी जे कार्यनीति उनीहरुले सही ठहर गर्दै चुनावमा सहभागी भएका छन परिणामले त्यसलाई गलत सावित गर्ने देखिन्छ । उनीहरुले बढीमा पाँच, पाँच सीटको प्राप्तीमा चित्त बुझाउनु पर्ने देखिन्छ । मुश्किलले विजय कुमार गच्छदार र उपेन्द्र यादव आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रभाव छोड्न सक्ने हैसियत राख्नुले उक्त परीणाम हात लाग्न सक्छ ।
राजनीतिमा भोटिङ्ग प्रक्रिया लोकतन्त्रको मुल्यसँग जोडिन्छ तर राइट टु रेजेक्ट पनि लोकतन्त्रको मान्यता भित्र पर्ने विषय हुन । शासकवर्गले चलाखी गरेर नै यो अधिकार जनतालाई दिन चाहेन किनकी उनीहरुले आफ्नो कुरा मान्नेलाई मात्र उम्मेदवार बनाउन पाउने भए । जनतालाई सार्वभौम सत्ता सम्पन्न भन्नुको अर्थ रुपमा खोजे भने सारमा त्यसलाई भत्काए । अहिले प्रवृतिगत हिसावले हेर्ने हो भने तिनै समाज भडुवा, बदमास, षडयन्त्रकारी तथा कमिसनखोर लगायत तस्करको नेतृत्वमा चुनाव जित्ने र स्थानीय तह चल्ने देखिन्छ र यसलाई बैध बनाउने सजिलो उपाय चुनाव भनियो । मास मनोविज्ञान यो यथास्थितिवादी प्रवृति भत्काउने काम गर्न सक्दैन । के कुरा सत्य हो भने “मानव चेतना साधरणतया प्रगतिशिल वा क्रान्तिकारी हुँदैन । परिस्थितिलाई प्रतिकृया जनाउँन ढिलो गर्छ र गहिरेर रूढिवादी हुन्छ । धेरै जसो मानिसहरू परिवर्तन चाहन्न, क्रान्तिकारी परिर्वतन ज्यादै कम । यो “परिवर्तनको भित्री भय” सामुहिक मनोविज्ञानमा गहिरो गरी जरा गाडिएको हुन्छ । यो एक प्रतिरोध मेकनिजमको अँग हो जसको शुरूवात मानव जीवको सुदूर भूतकालमा हुन्छ ।” यो माक्र्सवादी निष्कर्ष भत्काउन क्रमभंगता चाहिन्छ र त्यसको लागि हथौडे मुक्काले प्रहार गर्नु पर्दछ ।
आन्दोलनकारीको मनोदशा
आन्दोलनको महत्वपूर्ण चीज मुद्दा हुने गरेको छ । वर्तमान निर्वाचन मार्फत ती मुद्दाहरु सम्बोधन हुन गइरहेको छैन र झन तिनलाई चुनौती दिएको बुझिन्छ । मुद्दा विसर्जन र सत्तामा समर्पण हुँदाको बखत केही आन्दोलनकारी निरास भएको पाईन्छ भने अर्को तिर “केकरलेल करु सिंगार, पिया मोर बाटे आन्हर ।” भन्ने कथनको जगमा मास मनोविज्ञान झल्काउने गरेको छ । शायद अबको नेतृत्व प्रतिको अविश्वास पनि हुनसक्ला यो । त्यसकारण आन्दोलनको प्रोजेक्ट निर्माण गर्दा सरोकारवालाको स्वार्थ बुझेर पनि पाइला चाल्न सक्नुपर्दछ भन्ने हो । यसले अबको आन्दोलनको मोडेल र परिवर्तनको नवनमूना नै माग गरेको बुझिन्छ । यो भनेको वियोण्ड प्रचण्डको विषय भएकोले आन्दोलनकारी गम्भिर भएर लाग्नु परेको छ । वहिष्कारको नाममा प्रेस विज्ञप्ति दिने र तयारीको पक्षमा सिन्को पनि नभाँच्ने हो भने बरु आन्दोलनको गफ नै गर्न छोडे हुन्छ । हुन त गालिबले आफ्नै लागि बनाएका सायर मननयोग्य हुन सक्छ कि– बेबकुफोका कमी नहीं है गालिब ! ढुँढो एक, हजार मिलेगा । आन्दोलनकारी अब जनतालाई बेबकुफ बनाउने काम रोकेर समस्याको समाधान दिने क्षमताका साथ अगाडि आउनैपर्छ । यसले विश्वासको जग निर्माण गर्छ र फेरी आन्दोलनमा साथ दिनेछन् ।
काउण्टर मोडेल
राज्यव्यवस्था विरुद्ध लड्ने आन्दोलनकारीको तर्फबाट काउण्टर मोडेल निर्माण गर्नु अनिवार्य छ । राज्यको अस्तित्व पूर्णतामा नै रह्ने भएकोले तिनको सानो अंशमा पनि गडबडी हुन पुग्यो भने प्रतिक्रिया जनाई हाल्छ । काउण्टर मोडेलको लक्ष्य भनेकै राष्ट्रियताहरुको स्वपहिचानको आधारमा तिनीहरुको पोलिटीकल कन्सटीच्युएन्सी निर्माण गर्ने हो । वस्तुगत अवस्था त्यसको लागि अनुकुल बन्दै गएको देखिन्छ कि यो निर्वाचन मार्फत स्वायत्तशासनको अंश पनि कार्यान्वयन हुन गइरहेको छैन । प्राकृतिक श्रोत साधन उपरको अधिकार र दीगो उपयोगमा जनताको हक स्थापित हुँदै छैन । सिमित घेरामा रहेका ठेकेदारहरु स्थानीय निकायको कार्यकारीसँग साँठगाँठ गरेर जवरजस्ती दोहन गर्ने प्रवृतिको निरन्तरता रह्ने देखिन्छ । जग्गा माफियाको विगविगी चल्ने र प्लटीङ्ग गरेर जग्गा दलालहरु रातारात करोडपति बन्ने तर स्थानीय जनता गरीबि र अभावको दिन खेप्नु पर्नेछ । यो बेला आन्दोलन आफैंमा आत्मनिर्भर कसरी हुने विषय पनि विचारणीय देखिन्छ । त्यसैले आन्दोलन दीर्घकालिन योजनाले मात्र धान्न सकिने हुन कि भन्ने हो र दीर्घकालिन आन्दोलनको कार्यदिशा अभियान–संघर्ष–विद्रोहको हुनु जरुरी छ । अभियानले राष्ट्रियताहरुको सामाजिक–साँस्कृतिक पक्षको गहिराई तिर प्रवेश गराउने हुँदा यो निरन्तर चलिरह्ने विषय हुन । राष्ट्रिय चेतनाले लैस उदाउँदो राष्ट्रवादी शक्तिहरुको बिचबाट नै अभियान चल्ने भएकोले संघर्षका लागि मुद्दाहरु ठोस गर्ने जिम्मेवारी समेत तिनीहरुकै हुने भए । ती मुद्दामा रहेर संघर्ष गर्दा गाउँलाई महत्व दिएर शहरमा प्रदर्शन गर्नुपर्छ किनकी संघर्षको केन्द्र गाउँ बनाउनुको विकल्प छैन । आदिवासी जनताको केन्द्रीय भूक्षेत्र पनि गाउँ हुन र उनीहरु त्यहाँ आत्मनिर्भर बन्न सक्ने आधार छ । यसअर्थमा राष्ट्रिय मुक्ति आन्दोलन क्रान्तिकारी विचारले लैस हुनु अनिवार्य छ र राजनीतिक शक्तिको नेतृत्वमा सम्पन्न गर्न सकिने भरपर्दो आधार चाहिन्छ ।
अन्तमा, राज्यको स्वार्थ फुटाएरै जोगिने भएकोले उनीहरुले फुटाऊ र राज्य गरको नीति त लिन्छ नै तर जति षडयन्त्र गरे पनि राज्य आफ्नै कारणले संकट वेहोर्दै गरेको छ । सामाजिक अन्तरविरोध पेचिंलो बन्दैछ भने अन्तरविरोध हल गर्ने नीति राज्यले कहिल्यै लिने छैन किनकी त्यसले फेरी राज्यको अस्तित्व नयाँ ढंगले परिभाषित गर्न दवाव बढाउँछ । जहाँसम्म आन्दोलनकारीको भूमिकाको सवाल छ त्यसमा गम्भिर बन्नु पर्ने देखिन्छ र योजना प्रष्ट अनुभूत गर्न सक्ने भएको खण्डमा तयारीको पूर्ण जवाफदेहिता नेतृत्वले लिन पनि आँट गर्दैजानुपर्दछ । प्रदेश नंं.२ सम्म पुग्दा निर्वाचनको महत्व अहिले देखिए सरह हुनेछैन किनकी सहिद परिवार देखि प्रतिबद्ध आन्दोलनकारीको शक्ति केही बढेर जानेछ तर फेरी निर्वाचन नै विथोल्न तत्काल सकिंदैन । यो आन्दोलन दीर्घकालिन हुने भएकोले निर्वाचन विथोलेर राष्ट्रियताहरुको पोलिटिकल कन्सटीच्युएन्सी निर्माण हुने होइनन् । तसर्थ अभियानको तहमा मात्र अवैध सत्ताको विरुद्ध स्वसत्ताको प्रचार गर्ने मुख्य ध्येय बोके जनतालाई सशक्त बनाउन सकिन्छ । अन्ततः जीत आन्दोलनकारीकै हुने पक्का छ । स्वराजको प्रत्याभूति राष्ट्रिय पहिचानकै आधारमा हुने र यसको लागि पुख्र्यौली थातथलोको किटान हुनुपर्ने भएकोले नै वर्तमान शासकवर्गलाई ती सबै सम्प्रदायिक अथवा जातिवादी महसुस हुनुस्वभाविक नै हो तर उत्पीडितवर्ग र राष्ट्रको लागि यो स्वतन्त्रताको हतियार तथा लोकतन्त्रको मान्यता नै हुन जसमार्फत सामाजिक न्याय प्रत्याभूति मिल्न सकोस् ।
राजापुरका मेयर उम्मेदवार मदन थारु भन्छन्- ‘स्मार्ट सिटी होइन, स्मार्ट भिलेजको कल्पना गरेको छु’
बर्दियाको टापु अर्थात् थारु बाहुल्य नगरपालिका राजापुरमा थारु थारुबीच कडा प्रतिस्पर्धा हुने भएको छ। ५९ हजार ५ सय ५३ मतदाता रहेको राजापुरमा १० वटा वडा छन्। नेपाल लोकतान्त्रिक फोरमबाट मदनकुमार थारु मेयरका उम्मेदवार छन्। उनी राजापुर क्षेत्रका एकदमै जुझारु, कर्मनिस्ठ र इमान्दार ब्यक्ति मानिन्छन्। Continue reading “राजापुरका मेयर उम्मेदवार मदन थारु भन्छन्- ‘स्मार्ट सिटी होइन, स्मार्ट भिलेजको कल्पना गरेको छु’”
थारुका छोरा, पहाडीको ज्वाईँ हुँ, मेरो जित सुनिश्चित छ : अरुण चौधरी
किसानहरु खेतीपातीमा ब्यस्त छन्, घरमा मान्छे भेटिन गाह्रो। राजनीतिकर्मीहरु प्रचारप्रसारमा ब्यस्त मतदाताहरुसँग शिर झुकाउने, हात जोड्ने काम घरमा मात्रै होइन, खेतमा पनि गरेको देखियो । यही क्रममा कैलाली लम्की चुहा नगरपालिकाबाट नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट मेयर पदका युवा उम्मेदवार अरुण चौधरीसँगको भेटमा सोधियो, ‘तपाईं त नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट उम्मेदवारी दिनु भएको छ, यसलाई त थारु मधेसीको पार्टी भन्छन्, तपाईँ जित्नु हुन्छ?’ Continue reading “थारुका छोरा, पहाडीको ज्वाईँ हुँ, मेरो जित सुनिश्चित छ : अरुण चौधरी”
थरुहट र मधेस प्रदेश अब संसारको कुनै शक्तिले रोक्न सक्दैन : लेखी
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले संविधान संशोधनबिना कुनै हालतमा चुनाव हुन नसक्ने बताएका छन्। सप्तरीको बलुवामा आयोजित शीर्ष नेताहरु सहभागी कार्यक्रममा सम्बोधन गर्दै लेखीले थरुहट र मधेस प्रदेशका लागि राजपाले आन्दोलन गरेको स्पष्ट पारे। Continue reading “थरुहट र मधेस प्रदेश अब संसारको कुनै शक्तिले रोक्न सक्दैन : लेखी”
वाणगङ्गाका मेयर उम्मेदवार मङ्गलप्रसाद थारुको घरअगाडि बम फेला
नेपाली कांग्रेसबाट कपिलवस्तु वाणगङ्गा नगरपालिकाका प्रमुख पदका उम्मेदवार मङ्गलप्रसाद थारुको घर अगाडि आज बम फेला परेको छ। बम फेला परेपछि केहिबेर स्थानीय त्रसित भएका थिए। बमलाई नेपाली सेनाको टोलीले निष्क्रय गरेको छ। Continue reading “वाणगङ्गाका मेयर उम्मेदवार मङ्गलप्रसाद थारुको घरअगाडि बम फेला”
सुनवलमा बम विष्फोट हुँदा मीना चौधरी र हेमनारायण चौधरी घाइते
नवलपरासीको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा चालकसहित ७ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेलाई लुम्बिनी अञ्चल अस्पताल लगिएको प्रहरीले बताएको छ । Continue reading “सुनवलमा बम विष्फोट हुँदा मीना चौधरी र हेमनारायण चौधरी घाइते”
राप्ती-सोनारीमा ७ थारू उम्मेदवारबीच प्रतिस्पर्धा
राप्ती–सोनारी गाउँपालिकामा प्रमुख दलहरूले थारू उम्मेदवारलाई प्राथमिकता दिएका छन् । थारू समुदायको बाहुल्य रहेको राप्ती–सोनारीमा नेपाली कांग्रेसबाट ५० वर्षीय लाहुराम थारू, एमालेबाट ४४ वर्षीय तुलसीराम थारू, माओवादी केन्द्रबाट ५० वर्षीय पट्टु थारूले प्रतिस्पर्धा गर्दै छन् । Continue reading “राप्ती-सोनारीमा ७ थारू उम्मेदवारबीच प्रतिस्पर्धा”
थारु तिमी किन यति सोझो भएको ? [विचार]
इन्दु थारु।
आफ्नो ज्यानै र सर्वस्व दिएर गरिएको थरुहट थारुवान आन्दोलन आज कता हरायो? थारुहरुको कठिन संघर्षले के थारुहरुको माग मुद्दा सम्बोधन भयो? या सम्बोधन गर्नमा अलिकति पनि सहयोग पुग्यो? थारुका माग मुद्दा सम्बोधन नभई आज थारुहरु फेरि किन विखण्डित भएका छन्? कमसे कम आफ्ना माग पूरा गराउनका लागि किन थारुहरु एक हुन सक्दैनन् या एक हुनका लागि के कुराले रोकेको छ? यस्तो परिस्थिति किन सिर्जना हुन्छ? आफ्ना हक अधिकारका लागि थारुहरुलाई एकै थलोमा ल्याउने प्रयास किन कहीँ कतैबाट भएको पाइँदैन? हुन त यस्ता गम्भिर प्रश्नहरु तेर्स्याउन कसलाई फुर्सद छ र! Continue reading “थारु तिमी किन यति सोझो भएको ? [विचार]”