संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन्। पार्टीको सिरहा प्रथम अधिवेशनलाई सोमबार सिरहा सदरमुकाममा सम्बोधन गर्दै यादवले यो निर्वाचन हुन नसक्ने बताए। ‘मुलुकमा चुनाव होइन, महाभारत हुन्छ’ उनले भने, ‘यसका निम्ति तयारी हुन सबैलाई जरुरी छ।’ Continue reading “उपेन्द्र यादव भने- ‘अब चुनाव होइन, महाभारत हुन्छ’”
Author: admin
थारु संग्रहालयको लागि रामलाल चौधरीद्वारा २५ हजार नगद सहयोग
नवलपरासीको डन्डामा बन्ने राष्ट्रिय थारु संग्रहालयको पुनःनिर्माणका लागि समाजसेवी रामलाल चौधरीले २५ हजार नगद सहयोग गरेका छन्। उनले संग्रहालय पुनःनिर्माणका अभियन्ता नेत्र थनेतलाई सो रकम हस्तान्तरण गरेका हुन्। पहिलो थरुहट आन्दोलनको बेला सो संग्रहालयमा आगजनी भएको थियो। आगलागीबाट संग्रहालय पूर्णरुपमा ध्वस्त बनेको थियो। Continue reading “थारु संग्रहालयको लागि रामलाल चौधरीद्वारा २५ हजार नगद सहयोग”
गच्छदार, दहित, रुक्मिणीसहित ५ पार्टीले मागे तराईमा आठौं प्रदेश
आठ प्रदेशको माग गर्दै संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहा राखेर आठौं प्रदेश बनाउनुपर्ने प्रदेशमा माग गरिएको छ। विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता गराएको हो। संविधानको अनुसूची ४ मा संशोधन माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराइएको हो। Continue reading “गच्छदार, दहित, रुक्मिणीसहित ५ पार्टीले मागे तराईमा आठौं प्रदेश”
मधेसी मोर्चाले माग्यो कैलाली कञ्चनपुरसहित तराईमा २ प्रदेश
मधेसी मोर्चा आबद्ध दलले तराईमा दुई प्रदेश हुनुपर्ने मागसहित नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि संशोधन दर्ता गराएका छन्। मोर्चाले झापादेखि चितवनसम्मका जिल्ला प्रदेश नम्बर २ र नवलपरासीदेखि कञ्चनपुरसम्मका जिल्ला प्रदेश नम्बर ५ मा रहनुपर्ने भन्दै प्रदेश सीमांकन हेरफेरको प्रस्ताव गरेको हो। Continue reading “मधेसी मोर्चाले माग्यो कैलाली कञ्चनपुरसहित तराईमा २ प्रदेश”
थारु साहित्यिक मेला कैलालीको पटेलामा हुने
दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो। Continue reading “थारु साहित्यिक मेला कैलालीको पटेलामा हुने”
बाराको थारु गाउँमा जब आफैँ आगो सल्किन थाले…
बाराको सिहोर्वा गाविसमा आश्चर्यजनक आगलागीको घटना भएको छ। सिहोर्वा-४ सेढवा गाउँमा शुक्रबार राति गाउँका विभिन्न घरमा राखिएको लताकपडामा आफैँ आगो लागेको बताइएको छ। शुक्रबार राति करिब ७ बजेदेखि सुरु भएको उक्त घटना शनिबार अपराहन्नसम्म ७ भन्दा बढीको घरमा देखा परेको स्थानीय कैलाश सहनीले बताए। Continue reading “बाराको थारु गाउँमा जब आफैँ आगो सल्किन थाले…”
राम जानकी संरक्षण समितिमा रघुवीरप्रसाद थारु चयन
बाराको गढीमाई-५ बकुलियामा श्री राम जानकी मन्दिरको भेला सम्पन्न भएको छ। मन्दिरको संरक्षण समितिका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षतामा बसेको बैठकले मन्दिर संरक्षण समितिको नयाँ कार्यसमिति चयन गरेको छ। बैठकले रघुवीरप्रसाद थारुको अध्यक्षतामा ११ सदस्य समिति चयन गरेको छ। Continue reading “राम जानकी संरक्षण समितिमा रघुवीरप्रसाद थारु चयन”
थारु बाहुल्य रहेको क्याम्पसको स्ववियु सभापतिमा तीन थारुको उम्मेदवारी
बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा आसन्न स्ववियु निर्वाचनको सभापतिमा तीन प्यानल भिड्ने भएका छन्। थरुहट तराई विद्यार्थी युनियन, नेविसंघ-अखिल क्रान्तिकारी र अनेरास्ववियुले सभापतिमा उम्मेदवारी दिएका छन्। Continue reading “थारु बाहुल्य रहेको क्याम्पसको स्ववियु सभापतिमा तीन थारुको उम्मेदवारी”
राजापुरमा बन्ने थारु साँस्कृतिक संग्रहालयका लागि समिति गठन
थरुहट तराई पार्टी नेपालका जिल्ला सचिव महादेब रत्गैयाको नेतृत्वमा ११ सदस्य थारु साँस्कृतिक संग्रहालय तथा सूचना प्रतिष्ठान ब्यवस्थापन समिति गठन भएको छ। शुक्रबार बसेको सर्वदलीय बैठकले समिति गठन गरेको हो। Continue reading “राजापुरमा बन्ने थारु साँस्कृतिक संग्रहालयका लागि समिति गठन”
बाबक चिठ्ठी [थारु भाषा]
शेखर दहित।
और दिनसे आज विहन्या गाँउम फरक छन्डिक रौनक छाँईल रह। डुकानिक, चौर्हम सक्कु वर मनैनक भिर डेख पर। किउ कह म्वर छावक एक्कचुटि नम्मरसे फस्टडिभिजन नईपुग्लिस्। किउ कह म्वर छाई ट सि ग्रेडम पास हुईल। किउ भर आपन आपन लर्कनपर भुनभुनाइट। Continue reading “बाबक चिठ्ठी [थारु भाषा]”