रोनाल्डोको कीर्तिमान, पोर्चुगल नकआउट चरणमा

क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपको चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदा बुधबार रातिहंगेरीसँग ३–३ को नाटकीय बराबरी नतिजा निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। Continue reading “रोनाल्डोको कीर्तिमान, पोर्चुगल नकआउट चरणमा”

माओवादी केन्द्रको ७ प्रदेश इन्चार्ज लेखराज भट्ट, २ मा मात्रिका यादव

अघिल्लो महिना १० कम्युनिस्ट घटकसँग एकतापछि बनेको नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति, पोलिटब्युरो तथा सचिवालय विस्तार गरेको छ। पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले १ हजार ९९ केन्द्रीय समितिलाई १४ सय ९९ मा पुर्‍याइएको जानकारी दिइन्। त्यस्तै पोलिटब्युरोलाई २ सय ५५ बाट २ सय ९९ पुर्‍याइएको छ भने ८५ सदस्यीय सचिवालयलाई ९९ जनामा विस्तार गरिएको छ। Continue reading “माओवादी केन्द्रको ७ प्रदेश इन्चार्ज लेखराज भट्ट, २ मा मात्रिका यादव”

तमलोपा अध्यक्षमा महन्थ ठाकुर निर्विरोध

तराई मधेस लोकतान्त्रिक पार्टीको नवलपरासीमा जारी प्रथम महाधिवेशनबाट अध्यक्षमा महन्थ ठाकुर निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी र उपाध्यक्षमा बृजेशचन्द्र लाल पनि निर्विरोध चयन भएका छन्। Continue reading “तमलोपा अध्यक्षमा महन्थ ठाकुर निर्विरोध”

थारु समुदायले बनाएको नहरको तस्बिरलाई अन्तर्राष्ट्रिय उपाधि

नेपाल जलवायु परिवर्तन सहयोग परिवर्तन कार्यक्रम अन्तर्गतको सिँचाइ नहरसम्बन्धी एक तस्बिर अनुकूलन कोषको ‘पिपुल्प च्याम्पियन’ को अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएको छ । Continue reading “थारु समुदायले बनाएको नहरको तस्बिरलाई अन्तर्राष्ट्रिय उपाधि”

चितवनमा गर्भिणी, बर्दियामा सुत्केरी

नारायण ढुङ्गाना/बबई।

बर्दिया राष्ट्रिय निकुञ्जका गेम स्काउट राजेश राम एन्टिना ठड्याउँदै हात्तीमा बसेर रेडियो सेट नियाल्दै हुनुहुन्छ । उहाँको दैनिकी गैंडा कहाँ पुग्यो भनेर बर्दियाको बबई उपत्यकामा यसैगरी घुम्नु हो । ‘उ ल हेर्नुस् ! रेडियो सेटमा गैंडा नजिकै देखियो’ राम हौसिंदै रेडियो सेटको सङ्केत देखाउनुहुन्छ । Continue reading “चितवनमा गर्भिणी, बर्दियामा सुत्केरी”

यसरी डुब्दैछ इटहरी [फाेटाे फिचर]

मंगलबार बिहानदेखि पूर्वाञ्चल क्षाेत्रमा परेकाे अविरल वर्षाका कारण पूर्वाञ्चलका अधिकांश जिल्लाहरू डुबानमा परेका छन्। वर्षाले सुनसरीका बिभिन्न भागहरू जलमग्न बनेका छन्। लागातारको मुशलधारे बर्षापछि जलाशयहरुमा पानीको सतह बढेर आएको बाढीले सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका हुन्। Continue reading “यसरी डुब्दैछ इटहरी [फाेटाे फिचर]”

बक्राहा खोला गाउँ पस्दा दुईसय घर डुबानमा

मोरङको मधुमल्लामा आज बिहान स्थानीय नुनसरी बक्राहा खोला बाँध फुटेर गाउँ पस्दा पाँच वटा वडाका २०० भन्दा बढी घर डुबानमा परेका छन् । गएरातिदेखि नै भएको भिषण वर्षाका कारण बक्राहा खोला फुटेर गाउँ पस्दा मधुमल्लाको ४, ५, ६, ७ र ८ नम्बर वडाका २०० बढी घर डुबानमा परेका हुन् । मधुमल्लाको ४ र ५ नम्बरको दुई ठाउँबाट गरी तीन ठाउँबाट खोला गाउँमा पसेको स्थानीय सन्तोष गौतमले जानकारी दिए । Continue reading “बक्राहा खोला गाउँ पस्दा दुईसय घर डुबानमा”

छतबाट खस्दा रिसमान चौधरीको मृत्यु

घरको छतबाट खस्दा आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा सिसहनिया गाविस–१ निवासी २० वर्षीय रिसमान चौधरी छन् । Continue reading “छतबाट खस्दा रिसमान चौधरीको मृत्यु”

तमलोपाको ताप

सुरेशकुमार मण्डल।
तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन असार ६ गते सुरु भयो। नवलपरासीको रामग्राममा भइरहेको यस महाधिवेशनले धेरै आशा र जिज्ञासा सम्बोधन गर्नुपर्ने हुन्छ। तमलोपाको वैचारिक अस्पष्टता चिर्र्दै परिवर्तित समय र सन्दर्भअनुकूलको व्याख्या/विश्लेषण गर्न यो महाधिवेशनले केही ठोस र वैज्ञानिक प्रस्ताव गर्नैपर्ने देखिन्छ।विधान र अवधारणापत्रअनुसार तमलोपा मध्यमार्गी लोकतान्त्रिक पार्टी हो। Continue reading “तमलोपाको ताप”

तमलोपाको महाधिवेशनमा देखियो ‘थरुहट प्रदेश’

तराई–मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन सोमबार नवलपरासीको परासीमा सुरु भएको छ। कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष महन्थ ठाकुरले राज्यका हरेक निकायमा मधेसीको जनसंख्याको अनुपातमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए। सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाउँदै उनले सार्थक वार्ता आह्वान भए आफूहरु तयार रहेको बताए। Continue reading “तमलोपाको महाधिवेशनमा देखियो ‘थरुहट प्रदेश’”