ओलीज्यूको हिन्दी टुक्का- देख्ते रहिए

सुरेन्द्र राना।

प्रधानमन्त्री ओलीजी जहाँ जहाँ जान्छन् त्यता त्यता दुई चार उखान टुक्का छाड्छन्। ओलीलाई पछ्याउने पत्रकार दर्शकले सामाचार, सामाजिक सञ्जालमार्फत ती कुराको प्रचार, प्रसार गर्छन्। एकछिन त उनको बाली महाराजको हुकुमजस्तै हुन्छ। तर ‘खोलो तर्यो लौरो बिर्सयो’यो टुक्काको भने ओलीले आफैँ भेउ पाउदैनन्। उनले गरेको वाचा, कवोल टुक्काको संख्या गणना गर्ने हो भने उनी प्रधानमन्त्री हुन् वा ब्यंग्य सम्राट? खुट्याउनै मुस्किल हुन्छ। यतिबेला बाहिरबाट खुट्याएर हेर्दा प्रधानमन्त्री ओलीलले धारण गरेका दुबै पद जायज छन्- १. महासामन्त! २. ब्यंग्य सम्राट!!

ओली कम्युनिष्ट हुन्। मार्क्स र लेलीनलाई मान्ने खाँटी कम्युनिष्ट। उनी देशको आचारलाई भन्दा विदेशी विचार बढी मान्छन्। सामान्तीसँग भिडन्त गरेर जनतालाई राहत दिनु कम्युनिष्टहरुको मार्ग हो तर अहिले नेपालका कम्युनिष्ट प्रधानमन्त्री त्यसो गर्दैनन्। उनी सामान्तीको साथ लिन्छन् र जनतालाई आहट दिन्छन्। कूटनीतिलाई काटीकुटी पारेर बागमतीमा बगाइदिएका छन् ओलीले। बरु गमक्क पर्दै भाषण गर्छन्- मेरो प्रधानमन्त्रीत्वकालमा कोही जनता भोकै मर्दैनन्। जलस्रोतको धनी देशबाट जलविद्युत निकाल्ने कुरा गर्छन् तर पानी खान नपाएर जनता छटपटिएको भने नदेखे, नसुनेझैँ गर्छन्। कालिकोट, हुम्ला, जुम्ला भोको छ तर अर्बौं लगेर कर्णाली प्रदेश बनाउने सपना बाँड्छन्। तस्करी र कालाबजारीको निर्मुलताको कुरा गर्छन् तर बिहान बेलुका उनै तस्करी र कालाबजारियाको स्वस्ती स्विकार्छन्। आफू बालुवाटारमा बसेर करोडौंको भोज डकार्छन् अनि राहत माग्न आएका सोझा जनतालाई प्रधानमन्त्रीको कुर्सीबाट हकार्छन्। देश कता पुग्दैछ ओलीज्यू? तपाईँको टुक्के बोलीले देश विकासको गति होइन काम गरेर खाने जनतालाई समेत बेथितिको स्थितिमा पुर्‍याएको छ। भूकम्प गएको साल भर भो, जाडो बर्खा टरेर गो। आएको राहत ठूलाबडाले लुटपाट गरे। कति सर-सामान एर्पोटमा थन्किएको छ, अनुदानमा आएको चामल कुहियर पुर्दै हुनुहुन्छ तर जनता भोको मरेको पटक्कै नदेख्ने, नसुन्ने तपाईँलाई कस्तो रोग लागेको छ हँ? यसपाली त डढेलोले नेपाल स्वात्तै पारेको छ, सामुदायिक वन, गाउँ घरका झुपडी, डाँडाकाडा सबै जलेर खरानी भाको छ। अब न त वन जंगल छ, न त खोलामा पानी छ। हिमालमा हिउँ छैन तर पनि मिनरल वाटरको घुड्कीसँगै चुट्की बजाउँदै गरेको तपाईँको बोली रोमको महासामान्तीजस्तै छ। उता देश जल्छ, यता सिंहदरवारमा तपाईँको भोज चल्छ। अब हामी नेपाली जनता त नबाँच्ने नै भयौं, तपाईँ एक्लै बाँचेर देशको शासन कसरी चलाउनु हुन्छ कुन्नी?

ओलीजीको बोलीमा राष्ट्रियताका शब्द त भेटिन्छन् तर खोक्रो राष्ट्रवादले देश रित्तिदै गएको भने पटक्कै भेउ पाएका छैनन्। देशका सारा युवा पलायन हुनेक्रम बढ्दो छ, न्याय, अन्यायका नायक भएर पनि अन्यायलाई दबाइरहने तपाईँको बानीले भने सारा समाज चिन्तित छ। गणतन्त्रको विशाल आन्दोलन देखाउने कमल थापा तपाईँ दाहिने र संघीयताका प्रमुख विरोधी चित्रबहादुर तिम्रा बाँया छन्। जनआन्दोलनका सहिदहरुको कत्रो अपमान हो यो? परिवर्तन चाहने करोडौं नेपाली जनतालाई अपरिवर्तनीय यो मकुन्डले देश कता पुर्‍याउला खै?

यो लेखक राना थारु हो। हामी त आधा भारत आधा नेपालमा बसोबास गर्छौं। अहिले पनि हाम्रो समाजको विहेवारी नेपाल भन्दा बढी भारततिरै चल्छ। पहिले पहिले भारततिरका राना थारुलाई नेपालतिरका रानाले छोरी दिन अन्कनाउँथे। आजभोलि नेपाली राना थारुको छोरी भारतमा दिनु भनेको छोरो अमेरिका गए जत्तिकै हो। आखिर कति छिटो यति लामो दूरी भइसकेको छ, हामी बीचमा? कहिले काहीँ मैले झण्डै सय काट्नलागेका मेरा बाजेलाई सोध्छु- पहिले पहिले कैलाली कञ्चनपुरतिर कसको बसोबास थियो हँ? मेरा बाजे सुस्केरा हाल्दै भन्नुहुन्छ- हामी यहाँ डगौरा, राना थारुहरु मात्र थियौं, धनगढी, कञ्चनपुर अड्डामा काम गर्न आएका पहाडी कर्मचारीहरुको एक, दुई घरमात्रै थियो। अहिले हाम्रो सबै जमिन पहाडीको हातमा छ यसो भनिरहँदा उहाँको मुहारमा गम्भीर निराशा देखिन्छ।

प्रधानमन्त्रीज्यू, हामी गम्भीर अन्यायमा छौं। थारुहरुको ठूलो जमात अन्यायमा परेको छ, हामीले तपाईँसँग पहिचान र सामार्थ्यको आधारमा थरुहट प्रदेशमात्रै मागेका छौं। संविधानको सात प्रदेशअन्तर्गत हामीलाई अखण्ड सुदूरपश्चिममा राखेको पटक्कै मन परेको छैन। तपाईँले त बाहिरको मनगधन्ते कुरा सुन्ने हो, चिन्ता त हामी जस्तो समाजमा बस्नेलाई हुन्छ। आजभोलि थारुहरुको मनमा कस्तो चोट लागे छ कुन्नी? धनगढी, महेन्द्रनगर, टीकापुरमा त थारुहरुले जग्गा पनि किन्न चाहन्नन्। मेरो आफ्नै काकाले अस्तीमात्रै धनगढीको जग्गा अति सस्तोमा बेचिदिनु भो। अहिले थारुहरुभित्र भित्रै मुर्मुरियर बसेका छन्। यस्तै हो भने कुन दिन भयानक दुर्घटनाको दिन नआउला पनि भन्न सकिन्न।

अस्ती अतरियामा एमालेको ठूलो सभा भयो, धेरै थारुहरु कार्यक्रममा सहभागी भए जसमा म पनि थिँए। तर थारुहरु त्यहाँ रहरले सहभागी भएका होइनन्। नेपालका प्रधानमन्त्री ओलीले थरुहट प्रदेशको घोषणा गर्दैछन् भनेर हल्ला फिजाइँएको थियो, त्यही खुसीमा नाच लिएर गाउँ गाउँबाट थारु ओसारिएका थिए। तर थारु तब निरास भए जब तपाईँहरुले गरेको भाषणमा आश्वासन मात्र दिइयो। ओलीज्यू, हामी थारु कता जाने? हाम्रो मोहरामा मधेस खेल्छ, चीन खेल्छ, भारत खेल्छ, अमेरिका खेल्छ, तपाईँ खेल्नु हुन्छ, के हामी तपाईँहरुको फुटबल मात्रै हो? तपाईँहरुको लात्तीको ड्याम्म ड्याम्म चोटमात्रै सहिरहने? आजभोली हाम्रोतिर एउटा हल्ला छ- सात नम्बर प्रदेशको राजधानी अतरिया हुँदै छ रे। थारुहरुको बस्तीमा बडो मजाको गफ सुनिन्छ- देख्लो लेखरज्वक सारा जग्गा अतरियम् बाटिस् उह त सरमुकाम अतरिया बनाइल। (देख्यौ लेखराज भट्टको सारा जमिन अतरियामा छ त्यही भएर त्यो सदरमुकाम हुँदैछ।) हुनपनि सबैलाई थाहा भएकै कुरा हो, आधा अतरिया त लेखराज भट्टको मात्रै हो। जे होस् जसो होस् थारुहरु अखण्ड सुदूरपश्चिमको पक्षमा पटक्कै छैनन् भन्नेचाहिँ सबैले बुझ्नुपर्छ।

मैले एकजना कूटनीतिज्ञको पुस्तक पढ्दा कूटनीतिको केटी अंश कस्तो हुँदो रहेछ, अलि अलि जानकारी पाएँ। २०४५ सालमा राजा वीरेन्द्रले एकजना दूतलाई दिल्ली पठाएछन्। भारतले गरेको नाकाबन्दी हुनुभन्दा पहिले भारत र नेपालको सम्बन्ध नबिग्रियोस् भनेर। दूतसँग अचम्मको कूटनीतिक व्यवहार भएछ। नेपालका दूत र भारतका दूत पाँचतारे होटलको टेबुलमा खाना खान बसेछन्। खाना खादा तरकारीमा नुन थिएन रे। नेपाली दूतले नुन मागेपछि मात्र वेटरले नुन ल्याएर दिएछ। त्यस्तै त्यही रातको अर्को घटना, सुविधा सम्पन्न पाँच तारे होटलमा सबै कुराको बन्दोवस्त हुँदाहुँदै दूतको सयन कक्षमा केरोसिन हिटर (मट्टितेलबाट चल्ने) राखिएको रहेछ र हिटरमा सेतो कागजले ‘नो केरोसिन’ लेखिएको रहेछ। पछि दिल्लीबाट फर्किएपछि राजा वीरेन्द्रलाई दूतले उक्त कुरा सुनाउँदा राजा फिस्स हाँस्नुभएछ। त्यसबेला राजाको हसाई प्रधानमन्त्री मरिचमानले समेत बुझ्न सकेनछन् तर जुँगा चल्दा कुरो बुझ्ने राजाले प्रधानमन्त्रीलाई मट्टितेल र नुनको बन्दबोस्तीका लागि अर्‍हाएछन्।

ओलीज्यू, थुतुनोले टुक्को बोल्दा कूटनीतिक मर्यादाको परिभाषा पनि बुझ्नुहोस्। सायद यही कूटनीतिको खिस्सा तपाईँलाई कसैले सुनायो होला र आजभोली ‘देख्ते रहिये’ भन्नुहुन्छ। हठ छोड्नुस्,  शान्त थारुहरुको कूटनूति बुझ्नुस्, किनकि टीकापुर घटनापछि सेना, प्रहरी र मुन्द्रेले घरकी चेलीबेटीमाथि बालात्कार हुँदा पनि थारुहरु शान्त छन्। घर घरका हरेक जवान छोरा, भाइ कुटिदा पनि शान्त छन्, गाउँका गाउँ युवा भारत पलायन हुँदा पनि शान्त छन्। यो शान्ती थारुहरुको कूटनीति मर्यादा पालनमात्रै हो भन्ने देशका राजनीतिक नेताले छिटो बुझ्नुपर्छ। मेरो गोरुको बाह्रै टक्का भन्न छोड्नुस्, सबैले खेल्ने फुटबल थारुहरुलाई नबनाउनुहोस्। हामी जनयुद्धमा पनि बग्यौ, प्रचण्ड हाम्रा रगतको होली खेल्दै रमाइरहेका छन्। देउवा दुईचार जनाले घेरिएकोमा खुसी छन्, सिटौला, रावलहरु जुँगामा ताउ लगाउँदै मस्त छन्। गच्छदार जमिन्दार हुन्- उनलाई हात्ती भए पुग्छ। जन्मिदा हात्ती, हुर्किदा हात्ती र मर्दा पनि हात्तीमाथि चढेको सपना देख्ने गद्दार गच्छेदारसँग सोझा सरल थारुहरुको भावनाको मेल पटक्कै खाँदैन। टिभी र रेडियोमा अन्तर्वार्ता दिने, सत्तामा बसेर थारुको नेता हुँ भन्नेसँग होइन, वास्तविक बस्तीका थारु अगुवाहरुसँग वार्ता गरे समस्यामा पूर्ण बिराम होला नत्र ओलीज्यू, दुःख नमान्नु होला मेरो टुक्का चोर्यो भनेर लेख्यौ पनि नभन्नु होला दुःखका साथ ओलीज्यू मैले तपाईँकै भाषा सापट लिँए- देख्ते रहिए…!!

कन्चनपुर

स्केच : युवक/शुक्रवारबाट

चट्याङ पर्दा बारामा सीमा चौधरीको मृत्यु, उनका छोरा घाइते

बारा रामपुर्वा–३ बटौलिया गाउँमा मङ्गलबार बेलुकी असिना पानी सँगसँगै चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  Continue reading “चट्याङ पर्दा बारामा सीमा चौधरीको मृत्यु, उनका छोरा घाइते”

भिन्डी खानुका फाइदाहरु यस्ता छन्

१. भिन्डी अर्थात् रामतोरियाँमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ। Continue reading “भिन्डी खानुका फाइदाहरु यस्ता छन्”

थरूहटसहितकाे गठबन्धनद्वारा १२ दिने अान्दाेलन घाेषणा, वीरगन्ज र पाेखरामा पनि हुने

संघीय गठबन्धनले १२ दिने आन्दोलनको घोषणा गरेको छ । उपत्यका केन्द्रित १० दिने र उपत्यकाबाहिर बिरगञ्ज र पोखरामा २ दिन आन्दोलनको घोषणा गरेको छ । जुलुस, र्याली र विरोध सभाहरुसहितका आन्दोलन कार्यक्रमहरु सार्वजनिक गरिएको छ । Continue reading “थरूहटसहितकाे गठबन्धनद्वारा १२ दिने अान्दाेलन घाेषणा, वीरगन्ज र पाेखरामा पनि हुने”

खबरदार ना बिस्राओ, थारुहुक्र भेंवक भक्त हुइट

सन्तोष दहित
कुनै पनि गीतमा संगीत भएन भने त्यो गीत अधुरो नै हुन्छ । त्यहि संगीतभित्र एक महत्वपूर्ण संगीत हो बाँसुरीको धुन । गीतमा बाँसुरीको धुन भएन भने कता कता नराम्रो सुनिन्छ । सुन्दापनि खासै मिठासपन हुँदैन । पहिला–पहिला त बाँसुरीको धुन बिना गीत नै बन्दैनथ्यो । अहिले आधुनिक हप्रविधिको जमानाभएकोले केही गीतमा बाँसुरीको धुन प्रयोग नगरिएपनि त्यो गीत सुन्दा खासै मजा आउँदैन । सुन्दा पनि खल्लो महसुस हुन्छ । त्यसैले गीत होस या अरु केहिमा मन्त्रमुग्ध पार्नको लागि बाँसुरीको धुन आवश्यक हुन्छ । त्यहि भएर होला बाँसुरीको धुन सुनेर श्री कृष्णको पछि–पछि सयौं गोपनीहरु पिछा लागेको कथा हामीले अझैपनि पुर्खाहरुको मुखबाट सुन्ने गर्छै ।

त्यहि श्री कृष्णको कथा सुनेर या पढेर होला कवि सुशील चौधरीले ‘बिरहुल बसिय’ नाम दिएर संयौ पाठकहरुलाई आफ्नो कविता सङग्रहतीर तान्न खोजेकाछन् । भनौ श्री कृष्ण जस्तै संयौ पाठकहरुलाई आफ्नो कविताको संग्रहको पछि–पछि, पिछा लगाउने कोशिस गरिरहेकाछन ।

पहिलो पटक थारु भाषा र नेपाली भाषामा कवि चौधरीले बिरहुल बसिया बजारमा ल्याएकाछन् । उनले आफ्नो कविता मार्फत थारु समुदायको महत्वपुर्ण पर्व तथा नेपालका पर्यटकीय सम्भावना बोकेका विभिन्न धार्मिक, स्थल, मन्दिर, पहाड, ताल तलैयाको चर्चा गरेकाछन् । यसैगरि नेपालको कला, संस्कृति, परम्परा, मौलिक सँस्कार र नेपालको पहिचानलाई ‘बिरहुल बसिया’ कविता संग्रह मार्फत आम पाठकहरुलाई चिनाउने प्रयास गरेका छन् । त्यस्तै कविता संग्रहमा अधिकांस कबिताहरुले प्रगतिशील धार बोकेकाछन्, । युवाहरुलाई अधिकार प्रति कबिता मार्फत उत्साहित बनाउन खोजिएको छ ।

कवि चौधरीको कविता संग्रहमा थारु भाषामा ‘विरहुल बसिया’ र नेपाली भाषामा ‘बिरही बाँसुरी’ नाम दिएर थारु, नेपाली गरि ४६ वटा कविता समेटिएका छन् ।
कविता संग्रहमा ‘म्वार पहिचान’ शिर्षकमा सगरमाथा, पशुपतिनाथ, पाथिभारा, मुक्तिनाथ, स्वगद्धारी मात्र हैन मेरो पहिचान लुम्बिनी, जानकी, बागेश्वरी, ठाकुद्धारा, घोडाघोडी पनि मेरो पहिचान हो । ठुला–ठुला मठमन्दिर, तालतलैयालाई मात्र नेपालको चिनारी हैन अरु पनि थुप्रै सम्पदाहरु छन्, ती पनि नेपालकै चिनारी हुन्, नेपालकै पहिचान हो भनी कविता मार्फत् चर्चा गरिएको छ ।

सरगरमाथाकेल निहो पहिचान म्वार
पशुपतिनाथ, पाथिभारामाई, मुक्तिनाथ व
स्वर्गद्धारी, शैलेश्वरीकेल नाही
म्वार पहिचान,
लुम्बिनी, जानकी, बागेश्वरी,
व ठाकुरद्धारा, घोडाघाडी, बेहडावाफे
हो म्वार पहिचान ।

यसैगरी कवितामा भनिएको छ- भादगाँउलेको टोपी, पाल्पाली ढाका, दौरा, सुरुवाल मात्र हैन मेरो पहिचान गुन्यु, चोली, भेग्वा, लहंगा पनि मेरै पहिचान हो । यी पहिचान भनेकै नेपालकै पहिचान हुन् भनि कविता मार्फत बर्णन गरिएको छ ।

भादगाउँले टोपी, पाल्लाली ढाका
दौरा सुरुवाल केल नै हो म्वार पहिचान
हाकापटाछी, गोन्या, चोल्या व
धोती कुर्था व
भेग्वा, डग्ली, लहंगा
व अंगियाफे हो म्वार पहिचान ।

त्यसैगरी अर्के कविता ‘अष्टिमकीम अस्तित्वक खोजी’ शिर्षकमा भनिएको छ –यसपाली कुन्नी के भयो, भुत लाग्यो कि के भयो, महाभारतको युद्ध जस्तै रगतको खोला बग्यो । वर्षको एक पटक आउने पर्व अष्टिम्की ‘जन्माअष्टिमी’ सवै तयारी भएको बेला मनाउन पाइएन । घरमा आएको पर्व मनाउन नपाउँदा निकै खल्लोको महसुस भयो । आखिरमा हाम्रो के गल्ती थियो र, सरकार, प्रशासनलाई केन्द्रीत गर्दे कवितामा भनिएको छ । खासगरि गत भदौ ७ गते कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनलाई केन्द्रीत गरि अष्टिम्की पर्वको चर्चा गरिएको छ ।

असौं काजुन काहुइल
की लागु भागु लागल ?
बर्कीमार अस
सुर्खेल युद्ध हुइल, हमार गाउँम
महटान उर्दी सुन्क
के जानल के निजानल
के मानल के निमानल
दैब जान
रकटके खोल्वा बहल ।
सात्ताके मातम हिंस्रक
सुरुहुइल दमनके श्रृंखला,
चिल्ली विल्ली पारल रैथाने धर्तीपुत्रन् ।
लस्क्याइल अस्टिम्की
फिक्कल होगैल ।

त्यही कविताको अन्तिम अनुच्छेदमा फेरी आक्रोस र खबरदारी गरिएको छ । थारु समुदायलाई त्यसै नसम्झ जव थारु एक भएर भीम बनेर निस्कन्छन्, त्यसपछि कसैले सम्हालन सक्दैन कबितामा भनिएको छ-

खबरदार
ना बिस्राओ, थारुहुक्र भेंवक भक्त हुइट
जे किच्काके प्याटीम जाक
गेक्टा बन्क
जीउ फुलाक, प्याट फर्चाए सेक्ठ
लडियाके डुनु डीँम
ठह्रियाक, सेम्रक सज्ज रुख्वक फुला
बनाक लगुइया
बीर भेवा बन्क
थरुहट जवान अइटी बाट ।

अर्काे कवितामा भनिएको छ- ए शासक हिजो सम्म आफ्नो काम गराउने बेला खुब चिप्ला कुरा गरेर जान नजानी मेरो भाषामा मलाई बोलाउथ्यौं । मेरै भाषामा कुराकानी गर्दै मसंगै खल्यानमा बसेर मकैको खाजा खान्थ्यौं । तर, केहि पनि भएन । अहिले मेरो भाषालाई संविधानले पनि मान्यता दियो । सरकारी कामकाजमा पनि मेरो भाषामा बोल्दा किन आज तिमीलाई सकस लाग्छ । के को आपत्ती भइरहेको छ । खबरदार मालिक मेरो भाषामो बोल्ने मेरो पनि अधिकार छ । मलाई मेरो भाषालाई सरकारले मान्यता पनि दिएको छ भने तिमीलाई किन आपत्ती ? कवि चौधरीले कविता मार्फत देशका शासकहरुलाई खवरदार गर्ने कोशिस गरेका छन-
अई जिम्दर्वा ?
कालसम् मही कज्याइबेर
महा चिफ्लारसे म्वार भाषा ओ लवजम
ब्वाल बट्वाइबेर डकस निलागल टुहिन्,
आपन खेन्वक धान डाँइबेर
संगसंग कौह्राम कोक्नीक भुजा भुज भुज खाइबेर
सरम फे निलागल टुहिन्,
आज,
म्वार भाषाफे ब्वाल ओ लिख पह्र पैना हुइलट
काजे
सकस लागटा टुहिन ?
केहँका आपत्ति टुहिन ?

यस्तै यस्तै विभेद, उत्पिडनमा परेका बर्गहरुको पक्षमा यस कविता संग्रहमा कविता लेखिएका छन्। निकै मेहनत र सरल भाषामा सवैलाई बुझ्ने सजिलो होस भनि कबि चौधरीले थारु, नेपाली भाषामा कबिता लेखकाछन् । कवि चौधरीले प्रकाशन गरेको यो बिरही बाँसुरीले नयाँ पुस्तालाई साहित्यिक क्षेत्रम कलम चलाउने युवाहरुलाई उत्प्रेरित र जागरुक बनाउनमा सहयोग पु¥याउने देखिन्छ ।

तीन मोटरसाइकल ठोक्किँदा सिराहामा चारको मृत्यु

पूर्व पश्चिम राजमार्गको भोटियाटोल (सिरहा) चौक नजिक मंगलवार अबेर राति तीनवटा मोटरसाईकल आपसमा ठोक्किदा सवार चारजनाको मृत्यु भएको छ भने एक घाईते भएका छन्।  Continue reading “तीन मोटरसाइकल ठोक्किँदा सिराहामा चारको मृत्यु”

मेनस्ट्रिम पत्रकारकाे डायरी- टीकापुर घटनापछि थारूहरू यसरी परे ‘टार्गेट’मा

गणेश चौधरी।
प्रमुख दलले आफू अनुकल कहिले ८, कहिले ७ र कहिले ६ प्रदेशको प्रस्ताव ल्याएपछि मुलुकका विभिन्न जिल्लामा सिमांकनको विरोधमा प्रदर्शन हुन थाले । तराई मधेस पनि त्यसबाट अलग रहन सकेन । थरुहट प्रदेशको माग गर्दै यस क्षेत्रका थारू समुदाय पनि आन्दोलित भए । सुदुर पश्चिमलाई एक प्रदेश कायम गराउनुपर्ने माग गर्दै आएका अखण्ड पक्षधर र कैलाली कन्चनपुरसहितको थरुहट प्रदेश माग गर्दै आएका थरुहट आन्दोलनकारीेबीच विवाद बढ्दै गएको थियो ।
प्रमुख दलले आफू खुशी प्रदेशको प्रस्ताव गरेपछि थारू समुदाय बेखुस थिए । टीकापुर घटना हुनु तीन साता अगावै आन्दोलन सुरु थियो, थरुहट संघर्ष समिति थारूका नाममा । तर, प्रमुख दलले माग सम्बोधन गरेनन् । पहिले ६ प्रदेशको खाका ल्याएका दलले सुर्खेत, कालिकोट, जुम्ला लगायतका जिल्लामा आन्दोलन हुदा उनीहरूको माग भने सम्बोधन गरिदिए । तराईका थारूले गर्दै आएको आन्दोलनको बेवास्ता गर्दै पेलेरै ७ प्रदेशको प्रस्ताव संविधानसभामा पेश गरेपछि बर्षौदेखिको उत्पीडनमा परेका आदिबासी थारू समुदायले फेरि पनि राज्यले हेपेको महसुस गरे । र, अन्तिम संघर्ष गर्ने भन्दै हजारौ उठे ।

भदौ ७ अघि नै अखण्ड पक्षबाट तोडफोड
साउन २८ गते कांग्रेस सभासद अमरेशकुमार सिंह, संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो थरुहट आन्दोलनलाई सम्बोधन गर्न टीकापुर आए । उनीहरूले अधिकार प्राप्तीका लागि आन्दोलनमा होमिन थरुहट कार्यकर्तालाई उक्साए । गैर थरुहटहरू (अखण्ड पक्षधर) रिसले आगो भए । साउन ३२ गते धनगढीमा थरुहटको अर्को सभा भयो । त्यहा“ सहभागी हुन जाने क्रममा थरुहट कार्यकर्तालाई अखण्ड सुदुर पश्चिम पक्षधरले अवरोध गरे । त्यसपछि दुई पक्ष आमनेसमाने उभिए ।
लगत्तै भदौ ४ गते अखण्ड पक्षधरले धनगढीदेखि टीकापुरसम्म मोटरसाईकल ¥याली गरे । भदौ ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ को मस्यौदा पारित गरिएको थियो । थरुहट आन्दोलनकारीको माग र भावनाको बेवास्ता गर्दै ल्याइएको संविधानले थरुहट पक्षधरमा व्यापक असन्तुष्टि थियो । एकातिर संविधानमा आफना मुद्धा नसमेटिएको असन्तुष्टि अर्कोतिर साउन ३२ गते अखण्ड पक्षधरले धनगढीमा गरेको अवरोधको रिसले भदौ ४ गते टीकापुर आउँदै गरेको अखण्ड पक्षधरको टोलीलाई थरुहट पक्षले टीकापुर आउदा रोक्ने प्रयास गरे । टीकापुरदेखि ४ किलोमिटर उत्तर पर्ने दुर्गौलीमा दुबै पक्षबीच झडप भई कुटाकुट भयो । टीकापुरमा रहेको थारू कल्याणकारिणी सभाको कार्यालयमा अखण्ड पक्षधरले तोडफोड गरे । टीकापुर बजारमा रहेको थारूका केही पसलमा तोडफोड समेत भयो ।
त्यही रातीदेखि स्थानीय प्रशासनले टीकापुरमा कफ्र्यू जारी गर्यो । प्रशासनले लगातार चार दिनदेखि राती कर्फ्यु र दिउसो निषेधाज्ञा जारी गरेपछि थरुहट पक्षले आन्दोलनका कार्यक्रम गर्न सकिरहेको थिएन । एकातिर संविधान जारी गरिनु र थरुहट पक्षले शान्तिपूर्ण आन्दोलन पनि गर्न नपाउनुले थरुहट पक्षधरहरूमा व्यापक उकुस मुकुस थियो । थरुहट आन्दोलनकारीले निषेधाज्ञा तोडेर टीकापुर नगरपालिका कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेखिएको साइनबोर्ड राख्ने र नगरपालिका परिसरमा कोणसभा गर्ने योजनाका साथ भदौ ७ गते प्रदर्शनकारीहरू टीकापुरको पश्चिम, उत्तर र दक्षिणबाट आउँदै थिए । प्रदर्शनकारी र प्रहरीविच दिउसो करिब १ बजेतिर टीकापुरको पशु हाट बजार र दुर्गौलीको दुर्गौली बजारमा भिडन्त भयो । टीकापुरको उत्तरतर्फबाट आइरहेको प्रदर्शनकारीको भीडलाई भने प्रहरीले शिव मन्दिर नजिकबाट अघि बढ्न दिएन । पश्चिमतिरबाट आएको प्रदर्शनकारी र प्रहरीविच झडप हुदा टीकापुर घटना भयो ।

याे पनि पढ्नुस्:

रिपोर्टरको डायरी- टीकापुर घट्ना पछाडिका राज

टीकापुर घटनामा मिडियाको आँखा
टीकापुर घटनामा एकोहोरो रुपमा मिडियाले थारूले सुरक्षाकर्मीलाई मारे, जिउँदै जलाएर हत्या गरे भनेर विझाउने गरी लगातार समाचार दिइरह्यो । सारा थारूहरूलाई अपराधी बनाएर प्रचारबाजी गरियो । मिडियाले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा थारूहरूलाई छि छि र दृुर दुरको अवस्थामा पु¥यायो । पहँुच नभएका कारण थारूले मिडियाको तिरस्कार पनि निरन्तर सही रहे । अन्याय, अत्याचार, शोषण र दमन सहदै आएका थारूको मुखमा अझ बुजो लगाउने गरी र उनीहरूले बोल्नै नसक्ने गरी प्रताडित गरिरहे । मानौ कि सबै थारूहरू साँच्चीकै अपराधी हुन् ।
द्वन्द्वको बेला झन तटस्थ, सन्तुलित र संवेदनशील भएर नागरिकलाई सुसूचित गर्नुपर्ने बेलामा झन केही टिभी, अनलाइन र अखबारले स्थिति भड्काउन भूमिका खेले । त्यसो त यो प्रवृत्ति पहिलोपटक देखिएको होइन । नेपाली समाजको न्यायपूर्ण आवाजलाई अराष्ट्रिय, जातीय बिल्ला टाँसिदिने, अमूक नेताका व्यक्तिगत बद्नामीलाई मुद्दासग जोडेर सोलोडोलो आक्रमण गर्ने चलन यहाँ धेरै अघिदेखि चलेको हो । पञ्चायतताका मिडियाहरू कांग्रेसलाई जातीय, साम्प्रदायिक र क्षेत्रीय भावना भड्काउन उद्यत पार्टी भनी चित्रित गर्थे । अहिले त्यसैको निरन्तरता दलले दिइरहेका छन् ।
राजेश गौतम लिखित ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस– भाग ३ को पृष्ठ २८२ मा तत्कालीन मदरल्यान्ड दैनिकमा २०१८ पुस २५ गते छापिएको समाचार उल्लेख छ, ‘कांग्रेसले चलाइरहेको सशस्त्र आन्दोलनमा भारतीय नागरिक संलग्न भई नेपालको तराई क्षेत्रमा प्रवेश गरी आतंक मच्चाइरहेका छन् ।’ त्यस बेलाका थुप्रै पत्रिकाले भारतले घुसपैठ गरेको हवाला दिदै यहाँको प्रजातान्त्रिक आन्दोलनविरुद्ध लेख्ने गर्थे । त्यस्तै रवैया अहिले देखियो ।
मिडिया र स्थानीय प्रशाशनले थारूहरूलाई अपराधीको आरोप एकोहोरो रुपमा लगाइरहँदा केन्द्र स्तरबाट उजिर मगरको संयोजकत्वमा एक पत्रकार टोली टीकापुर आइपुग्यो । पत्रकार टोली टीकापुर पुग्दासम्म पनि फूलबारी एफएम जलिरहेको थियो । आगजनीका कारण यो एफएम रेडियो बन्द भएको ८ महिना भयो । तर फूलबारी एफएम पुनः संचालनका लागि न त पत्रकार महासंघ, न त कुनै संघ संस्था, न त सरकारले नै चासो देखायो । रेशम चौधरी जसले टीकापुर क्षेत्रको थरुहट आन्दोलनको नेतृत्व गरिरहेका थिए । उनैको एफएम भएकोले जलाइएको होला । तर एफएम त्यतिखेर लिजमा थियो । आगजनीबाट ध्वस्त संचार संस्था पुनः संचालनका लागि कसैको पहल भएको छैन । मिडिया संचालनको दायित्व राज्यको हुनुपर्ने हो । पत्रकार महासंघले यसमा चासो देखाउनुपर्ने हो, तर चासो देखाएको छैन । अर्कोतिर शेरबहादुर देउवाले ‘थारूलाई रौ बराबर पनि दिन्न’ भन्ने कुरा विभिन्न न्युज पोर्टलमा आयो । यसले थारूलाई पीडा दिएको छ । एक आपसमा वितृष्णा जगाउने काम गरेको छ ।
टीकापुर घटना भएपछि समाचार संकलनका लागि थुप्रै पत्रकार टीकापुर आए । नेपालको लोकप्रिय मानिएको कान्तिपुर दैनिक र द काठमाण्डु पोष्टका सम्पादक सुधीर शर्मा र अखिलेश उपाध्याय पनि आए । नेपालको लोकतान्त्रिक आन्दोलन २०६२÷०६३ मा आठौ दलको चर्चा पाएको कान्तिपुरले टीकापुर घटना हुनुभन्दा पहिला जुन कुनै हालतमा संविधान जारी गर्नुपर्ने वकालत गरिरहेको थियो । कैलाली, कन्चनपुरमा भएको थरुहट आन्दोलनलाई खासै महत्व दिएको थिएन । सुदुुर पश्चिमबाट कान्तिपुरमा समाचार संकलन सम्प्रेषण गर्ने कान्तिपुरकर्मीले पनि अखण्ड सुदुर पश्चिमकै पक्षमा बढी समाचार लेख्नु स्वभाविक थियो । सम्पादकद्वय टीकापुर आएपछि सुरक्षाका नाममा सुरक्षाकर्मीले पहरा नै दियो । स्वतन्त्र ढंगले हिंड्डुल भेटघाट गर्न उनीहरूले पाएनन् । तर कैलाली, कन्चनपुरका थारूले वर्षौदेखि भोग्दै आएको उत्पीडन उनीहरूले बुझे । त्यसपछि थारूका माग राज्यले सम्बोधन गर्नुपर्ने खालका समाचार विचारले पनि कान्तिपुरमा स्थान पाए ।

टीकापुरको आगजनी कथा
२०७२ साल भदौ ८ गते मात्र टीकापुरमा आगजनी काण्ड भएको होइन । यसभन्दा पहिला पनि टीकापुरमा रहेको आरजु मार्केटर्स, टीकापुर अफसेट प्रेस, दिनेश ट्राभल्सको कार्यालयमा आगजनी र दयानीधि पोखरेलको घरमा ढुंगामुढा भएको हो । टीकापुरमा सामुहिक रुपमा अहिलेसम्म जति पनि आगजनी र लुटपाट भएका छन् । ती सबै गैर अछामीका भएका छन् । अछाम जिल्लाबाट बसाइ सरी आएकाहरूको ज्यादती टीकापुरमा उहिलेदेखि चल्दै आएको हो । खासगरी कर्णाली वारी र पारीको साम्प्रदायिक नारा यहाँ चल्छ । कर्णाली पारीबाट बसाइ सरी टीकापुर आएकाहरूलाई कपास (कर्णाली पारीको समाज) र कर्णाली पश्चिमका पहाडी जिल्लाबाट बसाइ सरी टीकापुर आएकाहरूलाई कवास (कर्णाली वारीको समाज) को चित्रण गरी यहाँ सामाजिक भेदभाव हुँदै आएको हो । यही भेदभावका कारण अछाम जिल्लाबाट आएकाहरूको ज्यादती हुँदै आएको छ । ज्यादती सहन नसकी कतिपय विस्थापित पनि बनेका छन् ।
टीकापुर घटनापछि बजारमा रहेका थारूका घरमा छानीछानी आगो लगाइनु यसैको निरन्तरताका रुपमा लिन सकिन्छ । बजारमा रहेका थारूको घर भएपनि त्यो घरमा अछामी अथवा पहाडी समुदायको पसल छन् भने ती घरमा आगजनी भएको छैन, जोगिएको छ । घर पहाडी समुदायको हो, तर त्यो घरमा थारूको पसल छ भने लुटिएको छ । यदि घर पनि थारूको हो र पसल पनि थारूकै हो भने त्यो घरमा आगजनी गरिएको छ र पुरै ध्वस्त बनाइएको छ । अहिलेको आगजनीमा कर्णाली पारीबाट बसाइ सरी आएकाहरूको घरमा आगजनी नगरिनुको एउटै कारण आन्दोलनलाई जातीय रंग दिनु हो । थरुहट आन्दोलनलाई मिडियाले एकोहोरो रुपमा जातीय आन्दोलन भनेर प्रचारवाची गरिदियो । जबकी थरुहट स्वायत्त प्रदेशको मुद्धा माओवादीले ल्याएको हो । यसका नेता अधिकांश बाहुन क्षेत्री हुन् । सुदुर पश्चिममा माओवादीको नेतृत्व गरिरहेका लेखराज भट्ट युद्धका बेला थारूवानको नारा दिएर थारूलाई युद्धमा होमिन लगाउदै थिए । तर शान्ति प्रक्रिया सुरु भएपछि उनले अखण्ड सुदुर पश्चिमको नारा ल्याएर थारू दबाउने अभियानमा लागे ।
टीकापुर घटना लगत्तै प्रशासनले तुरुन्त कर्फयु आदेश जारी ग¥यो । तर कफ्र्युका समयमा पनि भदौ ७ गते साँझ र ८ गते दिनभरीजसो टीकापुर बजारमा रहेको थारूको घर तथा पसलमा आगजनी तथा लुटपाट भयो । करिव दुई दर्जन घर र फूलबारी एमएम तथा दर्जनौ पसल जलाइए । सभासद जनकराज चौधरी, संघर्ष समितिका संयोजक रेशम चौधरी, फोरम लोकतान्त्रिकका नेता प्रदीप चौधरी, व्यापारी शिवनारायण चौधरी, रामलाल चौधरी, भगतराम चौधरी लगायतका घर तथा पसल आगजनीबाट ध्वस्त पारिएको छ ।
बिभिन्न मिडियाको एकोहोरो आरोपित समाचार तथा स्थानीय प्रशासनको आडमा थारूहरूको घरमा आगो लगाइनुले थारूहरू त्रसित हुनु स्वभाविक थियो । पहाडी समुदायको त्रासले टीकापुर नगरपालिकाबाट थारू विस्थापित हुन थाले भने केही थारू विद्यार्थी तथा थारू समुदायका व्यक्तिहरू २४ घण्टे कफ्र्यू र पहाडी समुदायको डरले घरभित्र थुनिन बाध्य भए । कोही थारू समुदाय नजिकैको थारू गाउँमा शरण लिन पुगे । त्यसै क्रममा स्थानीय प्रशासनले थारू समुदायका अगुवा, युवा र बरघरहरूलाई धरपकड शुरु गर्यो। जसले गर्दा थारू समुदायका युवा, बुद्धिजीवी र बरघर तथा भल्मन्साहरू अर्ध भूमिगत भए । युवाहरू भारत तथा छिमेकी जिल्लाहरूमा विस्थापित भए भने सारा थारू समुदाय त्रसित भयो । विस्थापित कतिपय अझै पुनस्थापित हुन सकेका छैनन् ।

एक पछि अर्कोलाई टार्गेट
टीकापुर घटनापछि प्रहरी प्रशासनले एकपछि अर्को गर्दै थारू समुदायलाई नै टार्गेटमा पा¥यो । राजनीतिक दलका नेता, बरघर, सामाजिक अभियन्ता, शिक्षक सबैलाई पक्राउ गर्न थालेपछि थारू समुदाय पुरै तहस नहसको स्थितिमा पुगेको छ । घटनामा संलग्न आरोपमा अस्पतालमा कुरुवा बसेकादेखि सदरमुकाम धनगढी र काठमाडौमा थरुहट आन्दोलनको नेतृत्व गरिरहेका सम्मलाई पक्राउ गर्ने र मुद्धा लगाउने काम राज्य पक्षले ग¥यो । आम जनसमुदायको स्वतःस्फूर्त सक्रिय साथ, समर्थन र सहयोगले चरम उत्कर्षमा पुगेको थरुहट÷थारूवान आन्दोलनलाई कमजोर एवम् निस्तेज पार्न शासकहरूको सुनियोजित योजना अनुरुप अधिकारका लागि शान्तिपूर्ण रुपमा संघर्षरत थरुहट आन्दोलनकर्मी तथा अभियन्ताहरूलाई एकपछि अर्कोलाई बिना कारण गृह प्रशासनको निर्देशनमा प्रहरीले पक्राउ ग¥यो । टीकापुर घटनामा मुनुवा–१ कन्चनपुरका सुन्दरलाल कठरिया र राजकुमार कठरिया तथा मुनुवा गाविस–४ का हरिनारायण चौधरी घाइते भएपछि उनीहरूको उपचारका लागि रेडक्रसकर्मीले टीकापुर अस्पताल पु¥याए । उनीहरूको हेरचाहका लागि कन्चनपुर गाउँकै रामकुमार कठरिया र दिलबहादुर चौधरी टीकापुर अस्पताल गए । अस्पतालमा कुरुवाका रुपमा गएका उनीहरूलाई पनि घाइते भएका हरिनारायण, सुन्दरलाल र राजकुमारसंगै प्रहरीले पक्राउ गरेको छ । उनीहरू जेलमा छन् ।
टीकापुर घटनापछि भदौ १३ गते भजनीबाट आएको सुरक्षाकर्मीको टोलीले सदभाव कायम गर्ने भनेर गाउँका बरघरसहित सबैलाई जम्मा गरेर गाउँमा छलफल कार्यक्रम ग¥यो । तर त्यही राती गाउँमा आएर गाउँका ३ जनालाई पक्रेर लग्यो । सद्भाव कार्यक्रमका नाममा गाउँमा आउने र अलि बोल्न सक्ने थारूलाई चिन्ने र पक्राउ गर्ने नीति प्रहरी प्रशासनको थियो । गाउँको बरघर मार्फत् भेला गराइएकोले बरघरले गाउँका तीन जनालाई पक्राउन भूमिका खेलेको आरोप गाउँलेले लगाए । यसले गाउ पुरै त्रसित भयो । थारूहरूको भागाभाग चल्यो । अर्कोतिर, भदौ ७ गतेको घटनामा गाउँ गाउँबाट मान्छेहरू बोलाउने काम बरघरहरूले गरेको कुरा आएपछि प्रहरी प्रशासनले समात्छ भन्नेमा बरघरहरू थिए । अधिकांश बरघरको भागाभाग भयो । अभिभावकका रुपमा भूमिका निर्वाह गर्दै आएका बरघर गाउँमा नभएपछि गाउँ अभिभावकविहिन जस्तै बन्यो । स्थानीय प्रशासनले थारू समुदायका अगुवा, युवा र बरघरहरूलाई धरपकड शुरु ग¥यो । जसले गर्दा थारू समुदायका युवा, बुद्धिजीवी र बरघर तथा भल्मन्साहरू अर्ध मूमिगत भए । युवाहरू भारत तथा छिमेकी जिल्लाहरूमा विस्थापित भए भने सारा थारू समुदाय त्रसित भयो ।
टीकापुर घटना संलग्न आरोपमा थारू समुदायका नेता एकपछि अर्को गर्दै पक्राउ परे । टीकापुर घटनामा संलग्न आरोपमा पक्राउ पर्ने नेताहरूमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र थारू कल्याणकारिणी सभामा आवद्ध रहेका छन् । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूलाई रुपन्देहीबाट पक्राउ गरियो । हाल उनी केन्द्रिय कारागार, सुन्धारा काठमाडौ छन् । थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई धनगढीमा रहेको उनकै निवासबाट पक्राउ गरियो । थारू कल्याणकारी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरी लगायत कैयौंलाई योजनाकारको विल्ला भिडाएर मुद्धा चलाइएको छ । टीकापुर घटनामा संलग्न आरोपमा पक्राउ पर्नेहरूमा राजनीतिक दलका नेता, शिक्षक, घटनामा परी घाइते भएका र सर्वसाधारण छन् ।

थारू बुझाइ र संघीयता
थारूहरूले अहिले धेरै ठाउँमा प्रयोग गर्दै आएको एउटा वाक्य छ–‘मिलेर बसेका होइनौं, सहेर बसेका हौं ।’ भूमिसुधारका नाममा होस् कि थारूलाई उन्मुक्ति दिने माओवादी आन्दोलनका नाममा थारूलाई सकाउने अभियान उहिलेदेखि चल्दै आएको हो । यसले थारूहरूलाई अन्याय सहनु गल्ती नभए पनि दण्डीत हुनु, जरिवाना तिर्नु र सजायको भागी हुनु त विधाताले लेखेरै पठाएको छ जस्तो मान्ने बानी परिसकेको छ । थारूहरूलाई राज्य पक्षबाट हुने अन्याय अत्याचार र शोषण दमन सामान्य जस्तै लाग्छ । भदौ ८ गतेको आगजनी गरेको भनी खस आर्यले वा पहाडी समुदायकाले सजाय पाएमा उनीहरूलाई आश्चर्य लाग्न सक्छ कि ओहो उनीहरूलाई राज्यले सजाय दिएछ भनेर ।
नेपालका आदिवासी जनजातिहरू लामो समयदेखि राज्यबाट भइरहेको संचरनागत हिंसा, अन्याय, विभेद र बहिष्करणमा परेका सबैले स्वीकारेको कुरा हो । अहिले राज्य पुनर्संरचनाको क्रममा खोसिएको अधिकार, ऐतिहासिक ठाँटथलो, भूमिलगायत सम्पूर्ण अधिकारल स्थापित गर्न आदिवासी जनजाति सम्बद्ध सम्पूर्ण संघ संगठनहरू राज्यलाई झक्झक्याइरहेका छन् । सबै उत्पीडित वर्ग समुदायलाई अधिकार सम्पन्न बनाउने भनेर राज्य पुनर्संरचनाको कुरा आएको हो । राज्य पुनर्संरचना अन्तर्गत सीमांकनको खाका आउँदा थारूको पहिचान र अधिकार नामेट पार्ने गरी नेपालको थरुहट तराईमा पर्ने कैलाली, कन्चनपुरलाई थरुहट÷थारूवानबाट टुक्रयाइएको थारूहरूको बुझाइ छ ।
पहिचान र सामथ्र्यका आधारमा राज्य पुनर्संरचना गर्ने भनिए पनि सुदुर पश्चिमका अगुवा भनिएका शेरबहादुर देउवा र भीम रावलको निहित व्यक्तिगत स्वार्थका कारण कैलाली, कन्चनपुरलाई थरुहट क्षेत्रबाट टुक्रयाइएको छ । प्रदेशको सीमांकनको रेखा कोर्दा सामथ्र्यका ४ र पहिचानका ५ आधारलाई पूर्ण रुपमा लत्याइएको छ । थारूको बसोबासको भूगोल, अहिलेको जनसंख्या, तिनको भाषा, संस्कृति अस्तित्व अझ संकट पर्ने जस्तो गरी सीमांकनको धर्सो कोरिएको छ । सरकारले कर्णाली वालाको चित्त बुझायो । थारू नेताहरूकै शव्दावलीमा भन्दा कर्णाली सजातीयहरूले गरेका आन्दोलन थियो । पर्साको ठोरी पनि सजातीय समूहको माग थियो । दुवैका मागलाई पूरा गरियो । तर, थारू सजातीय थिएनन् । त्यसैले थारूलाई बेवास्ता गरियो ।
अहिलेको ७ नम्बर प्रदेशको सिमांकन पहिलेकै निरन्तरता हो । सुदुर पश्चिमलाई अखण्ड राख्ने हो भने पुनर्संरचना किन भन्ने ? पहाडलाई जोडेर मात्र प्रदेश समर्थ हुने हो भने पहिलेको संरचना किन समर्थ भएन ? तराईलाई जोडेर मात्र पहाड समर्थ हुने भए सुदुर पश्चिम पहिले किन समर्थ भएन ? कैलाली, कन्चनपुरलाई पहाडका जिल्लामा मिसाएर बनाइएको यो प्रदेश व्यवस्थापन हुन सक्दैन । पहाडबाट बसाइ सरेर खेतीयोग्य जमीन सकिने स्थिति जारी नै रहन्छ । तराईका जिल्ला मात्र रहेको प्रदेश बनाउँदा पनि तराईमा रहेको प्रदेशलाई पहाड चाहिन्छ । पहाडमा रहेको प्रदेशलाई तराई चाहिन्छ । एक अर्को प्रदेशको अन्तर्सम्बन्ध त रहिरहन्छ । तर कैलाली, कन्चनपुरलाई थरुहट भूमिसंग छुट्याउदा थारू पहिचान कायम हुन सक्दैन ।
नेपालको संरचनागत समस्याका कारण जातीय र क्षेत्रीय उत्पीडन भएकोले यसलाई पुनर्संरचना गरेर देश संघीयतामा जानु परेको हो । अहिलेकै संरचनामा सुदुर पश्चिमको विकास हुने भए शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएकै हुन् । तर यहाको विकास किन भएन ? यो संरचनागत समस्या भएकोले पहाडका जिल्लालाई भएको क्षेत्रीय उत्पीडन र तराईका कैलाली, कन्चनपुरमा बस्ने थारू जातीय उत्पीडनमा परेकाले यसलाई अलग्याउनुपर्छ भन्ने थरुहट आन्दोलनकारीको बुझाइ हो ।
कैलाली, कन्चनपुरलाई थरुहट क्षेत्रबाट अलग्याएर थारूलाई उत्पीडनमा पारी राख्न ७ नम्बर प्रदेश बनाइएको छ । पहिचानको आन्दोलनलाई जातीय आन्दोलनको रंग दिने प्रयासमा केही नेता भनाउँदाहरू छन् । जातीय रंग दिएर सद्भाव खल्बलाउने प्रयास नगर्दा राम्रो होला । किनकि यो भूमिमा बस्ने थारू होस् या पहाडी सबै यही मिलेर बस्नुछ । थरुहट आन्दोलन यहाँका पहाडी विरुद्ध होइन । माग राज्यसित हो ।
संविधान सभाको बेला जाति, भाषा, संस्कृति, भूगोल र ऐतिहासिक पृष्ठभूमिका आधारमा राज्य पुनर्संरचना गर्ने भनी राजनीतिक दलले आफना घोषणापत्र मार्फत् प्रतिवद्धता जनाए पनि कैलाली, कन्चनपुरलाई थरुहट भूमिबाट छुट्याएर थारूको पहिचान मेटाउने प्रयास गरिएको छ । क्षेत्रीय उत्पीडनको पीडा सुदुर पश्चिममा बस्ने पहाडी समुदायलाई पनि छ । तर दाङदेखि कन्चनपुरसम्म तराईका जिल्लामा विस १९९७ मा करिब ९८ प्रतिशत थारू जातिको बसोबास भएको यो थारू भूमि टुक्राएर थारूलाई छिन्न भिन्न पार्ने काम भएको छ ।
सुदुर पश्चिममा ७ जिल्ला पहाडी क्षेत्रमा छन् र त्यहाँको छुट्टै भूगोल छ । त्यो भूगोल जहिले पनि तराईमा रहेको कैलाली कन्चनपुरकै कारण उत्पीडनमा पर्दै आएको छ । सुदुर पश्चिमका नाममा जहिले पनि कैलाली कन्चनपुरले सुविधा पाउने र अन्य जिल्ला उत्पीडनमा परिराख्ने परम्परालाई तोड्ने संघीयताको सिमांकन हुन जरुरी देखिन्छ ।

र, अन्तमा
थारूहरू पनि यस देशका नागरिक भएकोले अरु नागरिक सरह सहअस्तित्वको खोजी गरिरहेका छन । थरुहट आन्दोलन राज्यसितको माग हो भन्ने कुरा यहाँका अखण्ड पक्षधरले बुझ्नै चाहेनन् । न त राज्यले नै यो कुरालाई स्वीका¥यो । बरु एकोहोरो रुपमा थरुहट आन्दोलनलाई जातीय रंग दिने प्रयास भयो । थारूहरू सामाजिक उत्पीडन र राजनीतिक बहिष्करणमा परेको कुरा माथिल्लो स्तरका नेताले बुझिदिएनन् । बरु राजनीतिक दलका शीर्ष भनिने नेताले थारूलाई चिढाउने भाषा प्रयोग गरे ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला टीकापुर घटनाबारे बुझ्न असोज ९ गते टीकापुर आएका थिए । तर टीकापुर घटना बुझ्न आएका प्रधानमन्त्रीसित थारू समुदायको भेटै भएन । प्रधानमन्त्रीको भ्रमणमा पनि थारू समुदायको उपस्थिती नहुनु भनेको थारू समुदायले प्रधानमन्त्रीलाई नमानेको, बहिस्कार गरेको संकेत दिएको थियो वा प्रधानमन्त्रीले नै थारू समुदायलाई बेवास्ता गरे भन्ने बुझ्न सकिन्थ्यो ।
थारू समुदाय सोझो छ, उ वोल्न सक्दैन । तर उसमा बिवेक छैन, चेतना छैन भन्ने कसैले लिन्छ भने त्यो नै अर्धचेतन छ वा उसैको मानसिकतामा र सोंचमा खोट छ भनेर बुझ्न सकिन्छ । शान्ति त्यहाँ हुन्छ, जहां डर र त्रास छैन । त्यहाँ सदभाव पनि हुन्छ । शान्ति त्यहाँ हुन्छ, जहाँ न्याय हुन्छ, जहाँ कानुनी राज्य हुन्छ र जहाँ निमुखा र सोझा जनताले राज्यको उपस्थितिको महसुस गर्न सक्छन् । तर थारूले अहिलेसम्म राज्यले आफूहरूको अस्तित्व नस्वीकारेको महसुस गरिरहेका छन् ।

टीकापुरस्थित कान्तिपुर दैनिकका सम्बाददाता रहेका लेखक नेपाल आदिवासी जनजाति पत्रकार संघका पूर्व उपाध्यक्ष हुन्। उनकाे याे लेख फाेनिजकाे स्मारिकाबाट साभार गरिएकाे हाे।

अमेरिका जाने विद्यार्थीलाई खुसीकाे खबर

काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूताबासले जनाएको छ । Continue reading “अमेरिका जाने विद्यार्थीलाई खुसीकाे खबर”

धनिरामले किन निकाले थरूहट नेता भानुराम र मीनराजलाई ?

नयाँ संविधानप्रति विमति जनाउँदै उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनको सिंहदरवार घेराऊ आन्दोलनमा सक्रिय भएको भन्दै थरुहट\थारुवान संयुक्त संघर्ष समितिले दुई थारु नेतालाई निष्काषन गरेको छ। सो संघर्ष समितिको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले थरुहट पार्टीका अध्यक्ष भानुराम थारु र सचिव मिनराज चौधरीलाई निष्काषन गरेको हो। उक्त समितिको जेठ २ गतेको बैठकले उनीहरुलाई निष्काषन गरेको संयोजक धनीराम चौधरी जानकारी दिए । Continue reading “धनिरामले किन निकाले थरूहट नेता भानुराम र मीनराजलाई ?”

आन्दोलनकारी र प्रहरीबीच बालुवाटारमा झडप

आन्दोलनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ। निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। Continue reading “आन्दोलनकारी र प्रहरीबीच बालुवाटारमा झडप”