थरुहट तराई पार्टी नेपालले आफ्नो दुई जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेको छ। गुपचुपरुपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको थरुहट तराई लोकतान्त्रिक परिषद्मा प्रवेश गरेको भन्दै बर्खस्त गरेको पार्टीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ। बर्खास्ती हुनेमा कैलालीका रामप्रसाद चौधरी र बाँकेका महेन्द्रप्रसाद चौधरी छन्। उनीहरु दुबै गुपचुपरुपमा थरुहट तराई लोकतान्त्रिक परिषद्मा। Continue reading “थरुहट तराई पार्टीका दुई केन्द्रीय सदस्य बर्खास्त”
Author: admin
थारु पत्रकार संघको कञ्चनपुर शाखा गठन
कञ्चनपुर- थारु अधिकार तथा नेपाली पत्रकारितालाई व्यवसायिक तथा क्षमतावान बनाउन थारु पत्रकार संघ, नेपालको कञ्चनपुर शाखा गठन भएको छ। कञ्चनपुरको भाँसीस्थित रेडियो पहिचान एफएमको कार्यालयमा आयोजित थारु पत्रकारहरुको भेलाले सो शाखा गठन गरेको हो। पत्रकार रामचन्द्र कुश्मीको अध्यक्षतामा सर्वसम्मत गठित संघको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमश समिक्षा दहित, शान्ति चौधरी, सुन्तलि चौधरी र मनोज चौधरी चयन भए। Continue reading “थारु पत्रकार संघको कञ्चनपुर शाखा गठन”
महिललाई जबरजस्ती गर्ने ब्यक्तिलाई कुटेरै मारे
धनगढी- धनगढी नगर क्षेत्रको एक महिलामाथि आज बिहान जबर्जस्ती गरेको आरोपमा कुटपिट गरी घाइते तुल्याइएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। आफ्नै घरमा सुतिरहेको अवस्थामा आएको भनिएको अपरिचित व्यक्तिले युवतीमाथि जबर्जस्ती गर्न खोज्दा गरिएको कुटपिटबाट घाइते भएका ती युवकको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता ऋषिराम कँडेलले बताए। Continue reading “महिललाई जबरजस्ती गर्ने ब्यक्तिलाई कुटेरै मारे”
थारु नमूना ग्राममा पुस्तकको अभाव
नविन चौधरी, दाङ- दाङको सिसहनियामा अवस्थित थारु नमूना ग्राममा पुस्तकालय स्थापना भएको थाहा पाएपछि गत शनिबार घोराही १ मघैका कालिदास चौधरी सिसहनियाको थारु ग्राममा पुगे। पर्याप्त पुस्तक नदेखेपछि उनी तत्काले फर्किए। ‘फुर्सद मिलाएर पुस्तकालयमा आएको थिएँ, आफूले पढन् चाहेको पुस्तक नभएपछि फर्कँदैछु,’ उनले भने। Continue reading “थारु नमूना ग्राममा पुस्तकको अभाव”
सन्दर्भ खाद्य सुरक्षाको
लक्की चौधरी- गनापुर –३ बाँकेका बुधई कडरिया (८२) राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग आफ्नो खाद्य सुरक्षा मागिरहेका बेला उनलाई खाद्यअधिकार के हो पत्तै थिएन। न त उनलाई मानवअधिकारबारे नै केही मेसो थियो। तैपनि उनी गाँस, बास र कपासको व्यवस्था मिलाइदिन आग्रह गर्दैथिए। “हामी सुकुम्बासी, भूमिहिनले खान पाएनौ हजुर, मेरो त उमेरले नेटो काटिसक्योे लालाबालाका लागि केही गरिदिनुपर्योर” मनछुने आग्रह थियो उनको। Continue reading “सन्दर्भ खाद्य सुरक्षाको”
मोर पहुरा : पुस्तक समिक्षा
पत्रकार तथा साहित्यकार लक्की चौधरीको पछिल्लो कृति मोर पहुरा भर्खर बजारमा आएको छ। यसअघि तीनवटा कृति प्रकाशन गरेका चौधरीको यो चौथो कृति हो। यसअघि दुईवटा गजल संग्रह, एउटा थारु संस्कृति परिचय उनले प्रकाशन गरिसकेका छन्। साहित्य, पत्रकारिता, खोज अनुसन्धान तथा नयाँ विषयवस्तुमा कलम चलाउन रुचाउने लेखक तथा पत्रकार चौधरी थारु भाषा, साहित्य तथा संस्कृतिमा पनि अब्बल मानिन्छन्। राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका चौधरी थारु समुदायसँगै नेपाली भाषा साहित्यको पनि उत्तिकै ज्ञान राख्छन्। Continue reading “मोर पहुरा : पुस्तक समिक्षा”
Shriniwan Chaudhary Bolbom Song
पुस्तक विमोचन
दहितद्वारा लिखित तीन वटा किताब विमोचन
काठमाडौं– थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता गोपाल दहितद्वारा लिखित/सम्पादीत तीन वटा किताबको शुक्रबार विमोचन भएको छ। उपराष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा दहितले लेखेका ‘थारु जडिबुटी ज्ञान र यसको अभ्यास– भाग २, थारु सख्या नाच गीत र थारु ब्याकरण’नामक किताब उपराष्ट्रपति परमानन्द झाले विमोचा गरे। Continue reading “दहितद्वारा लिखित तीन वटा किताब विमोचन”
चार कमलरी अभियानकर्तालाई विदाइ
सन्तोष दहित- दाङ- मुक्त कमलरी विकास मञ्च केन्द्रीय कार्यालयले एक कार्यक्रम आयोजना गरी चार कमलरी अभियानकर्तालाई विदाइ गरेको छ। मञ्चको केन्द्रीय अध्यक्ष मञ्जीता चौधरीको अध्यता तथा कार्यक्रम प्रबन्धक एवं कमलरी अभियानकर्ता फकला थारुको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका वक्ताले कमलरीको आन्दोलन उपलब्धीमूलक रहेको बताए। Continue reading “चार कमलरी अभियानकर्तालाई विदाइ”
