बेलायती राजकुमारी केटले छोरा जन्माइन्
एजेन्सी- ब्रिटिस राजकुमारी केट मिडल्टनले छोरा जन्माएकी छन्। उनले सोमबार स्वस्थ बच्चा जन्माएको बेलायती समारचार एजेन्सी बीबीसीले जनाएको छ। ब्रिटिस राजकुमार विलियम र केटको नवजात शिशुको तौल ३.९ किलोग्रम रहेको समाचारमा उल्लेख छ। पश्चिमी लन्डनको सेन्ट मेरिज अस्पतालमा उनले स्थानीय समय ४:२४ मिनेटमा छोरालाई जन्म दिएकी थिइन्। यसको औपचारिक घोषणा केन्सिंग्टन प्यालेसले गरेको छ।
केन्सिंग्टन अनुसार आमा र बच्चा दुबै अस्पतालमै आराम गर्नेछन्। उनको जन्मसँगै यतिबेला लन्डनमा खुसीयाली छाएको छ। दरबार अगाडि सर्वसधारणको भीड लागेको छ। शाही सदस्य थपिएको खुसायालीमा बेलायतीहरुले आतिसबाजीसमेत गरेका छन्।
उनको जन्मसँगै बेलायी प्रधानमन्त्री डेबिट क्यामरुनले राजकुमार विलियम र राजकुमारी केटले बच्चा जन्माएकोप्रति खुसी भएको बताए। उनले ट्विट गर्दै भनेका छन्, ‘नयाँ सदस्यको आगमले खुसी बनाएको छ। यसको उपलक्ष्यमा देसवासीले नै खुसी मनाउनुपर्छ। मलाई थाहा छ उनीहरु असल आमा-बाबु बन्नेछन्।’
बच्चाको जन्मसँगै महारानी, ड्यूक अफ एडिनबरा, प्रिन्स अफ वेल्स, डचेज़ अफ कॉर्नवाल, प्रिन्स हैरी र अन्य परिवारका सदस्यलाई जानकारी दिइएको थियो।
Facebook Comment