सहमतीय सरकारको विकल्प छैन : नेपाल
नेपालगन्ज- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनका लागि राष्ट्रिय सहमतीय सरकारको विकल्प नभएको बताएका छन्। प्रेस चौतारी, बाँकेले आज नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने— ‘वर्तमान सरकार असंवैधानिक भएकाले यो सरकारले निर्वाचन गराउनै सक्दैन।’
सरकारविरुद्ध आन्दोलन थालेका प्रतिपक्षी दलहरुको लक्ष्य सत्ताप्राप्ति मात्र होइन भन्दै उनले राष्ट्रिय सहमतिको सरकारले मात्र मुलुकको संवैधानिक अड्चन फुकाएर नयाँ निर्वाचन गराएर राजनीतिकलाई सही दिशा दिने बताए।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले एकीकृत नेकपा (माओवादी) अधिनायकवादतर्फ उन्मुख हुँदै गएकाले बाध्य भएर आन्दोलन गर्नु परेको हो भने। प्रतिपक्षीको आन्दोलन शान्तिपूर्ण हुने भनाइ राख्दै नेता नेपालले जनपरिचालनका नाममा देशमा सरकारपक्षीय दलले मुठभेड निम्त्याउन खोजेको बताए। रासस
Facebook Comment