आयोजकलाई हराउँदै एनआरटी क्वाटर फाइनलमा
पोखरा- कास्की फुटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको सफल पोखरा कम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एनआरटीले पोखरा–११ लाई २–१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ। प्रतियोगितामा एनआरटीका लागि दुवै गोल आशिषजङ्ग कार्कीले गरेका थिए भने पोखरा ११ का तर्फबाट सुनडुईले एक गोल गरेका थिए।
भोलिको खेल मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। रासस
Facebook Comment