समाज

कक्षा ११ को नतिजा प्रकाशित, ४०.३८ प्रतिशत उत्तिर्ण

काठमाडौं- उच्च माध्यामिक शिक्षा परिषद्ले ०६९ साल जेठमा सञ्चालन गरेको कक्षा ११ को नतिजा प्रकासित गरेको छ। शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्रका अनुसार ४०.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान, ब्यवस्थापन, शिक्षा र मानविकी संकाय गरी नियमिततर्फ कूल २ लाख ८२ हजार ३ सय ५९ परिक्षार्थी सम्लितमध्ये १ लाख...

थारूवान

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हानेको कसुरमा धरौटी तिर्न नसकेर जेल पठाइएका पदम कुँवरको धरौटीवापतको २८ हजार रुपियाँ दाहाल स्वयंले तिरेका छन्। धरौटी वापतको रकम उनका सहयोगी शिव खकुरेलले जिल्ला प्रशासन कार्यालयमा बुझाएका हुन्। दाहालले उनलाई आजै हिरासतमुक्त गर्न आग्रह गरेको खकुरेलले बताए।

थारूवान

चितवन- मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवान पदको नयाँ भर्ना छनोट प्रक्रिया आजबाट सुरु भएको छ। यसअघि आर्थिक प्रलोभनमा प्रहरी छनोट हुने गरेको गुनासो आएपछि तालिम केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक प्रलोभनमा पार्नेहरूप्रति सतर्क रहन सबैमा आग्रह गरेको छ। 

थारूवान

भद्रपुर- तराईको पूर्वीक्षेत्रमा अप्रत्यासितरूपमा एक्कासी बाक्लो कुहिरो लाग्न थालेसँगै जाडोमा बृद्धि भएपछि जनजीवनका साथै तरकारी खेती पनि प्रभावित हुने सम्भावना देखिन थालेको छ। बिहानैदेखि प्रायः दिनभर मौसम प्रतिकूल भएपछि मानिसहरूको चहलपहल घटेको छ। बाक्लो कुहिरोले आकास ढाकिएका कारण अधिकांस किसानले धानबाली घर भित्रयाउन सकेको छैनन्। गहुँबालीका लागि खेत तयार गर्न...

थारूवान

काठमाडौं- शिक्षक सेवा आयोगले रिक्त शिक्षक दरबन्दीमा १७ वर्षपछि पहिलोपटक आगामी पुसको दोस्रो साताभित्र खुल्ला विज्ञापन (परीक्षा) गर्ने भएको छ। विसं २०५२ देखि खुल्न नसकेको शिक्षक दरबन्दीको खुल्ला विज्ञापनका लागि यही मङ्सिर १८ गते मन्त्रिपरिषद्को बैठकले शिक्षा नियमावलीमा संशोधन गरी बाटो खुला गरेपछि आयोगले त्यसको तयारी गरेको हो।

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई हात छोड्ने पदम कुवँरलाई आज कारागार चलान गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा रु २८ हजार धरौटी माग गरिएकोमा निज कुवँरले उक्त रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो।

थारूवान

कञ्चनपुर- कञ्चनपुरको श्रीपुर–१ उल्टनपुरमा रहेको सुकुम्वासी शिविरमा पाहुना बस्न आएका एक व्यक्तिले विस्फोटक पदार्थ चलाउँदा दुवै हातका औँला गुमाएका छन्। शिविरका भङ्गी रानाको घरमा पाहुना बस्न आएका कालिका–९ पुरैनाका ५० वर्षीय दिनाराम रानाले विस्फोटक पदार्थ चलाउन खोज्दा विस्फोटन भइ हिजो साँझ कान्छी औँलाबाहेक हातका सबै औँला चुडिएको जिल्ला प्रहरी...

थारूवान

धनगढी- धनगढी नगरपालिका-१२, जुगेडा गाउँकी ३२ वर्षीया महारानी चौधरीको ट्याक्टरको ठक्करबाट आज दिउँसो मृत्यु भएको छ। धनगढीबाट आफ्नो गाउँ जुगेडा जाँदै गरेकी ती महिलालाई बाटामा हिँडिरहेको अवस्थामा से१त १२५४ नम्बरको सो ट्याक्टरले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

थारूवान

विराटनगर- बलात्कारसम्बन्धी मुद्दा दर्ता गर्ने हदम्याद ३५ दिन अपर्याप्त रहेको तथा यस्ता घटनाको अनुसन्धानमा प्रहरीद्वारा हुने ढिलासुस्तीले दोषीमाथि कारबाही गर्न समस्या हुने गरेको आज यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरुले औँल्याएका छन्। कार्यक्रमका सहभागीहरुले १९ महिनाका बालिकादेखि ७५ वर्षसम्मका वृद्धाहरु बलात्कारका शिकार भइरहेका छन् भन्दै राजनीतिक दबाब र समाजको डरत्रासले पीडितहरुले...

थारूवान

काठमाडौं- इजिप्टका लागि नेपाली राजदूत स्व श्यामलाल तवदारको शव आज इजिप्टको राजधानी कायरोबाट काठमाडौँ ल्याइयो। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्व तवदारको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइ श्रद्धान्जलि अर्पण गरे।

थारूवान
1 86 87 88 89 90 99