समाज
पाँच डिआइजीको बढुवा
काठमाडौं- सररकारले नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ। बढुवा हुनेमा दिनकर शमशेर जवरा, गङ्गाप्रसाद पाण्डे, रमेशविक्रम शाह, विनोद सिंह र पुष्करनाथ रेग्मी छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले बताए।
थारूवानकाठमाडौं – नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागू हुने गरी विद्युत् भार कटौती थप गरी हप्ताको १० घण्टाले बढाएको छ। यसअघि असोज २९ गतेदेखि हप्तामा ४६ घण्टा विद्युत् भार कटौती हुँदै आएकोमा भोलिदेखि हप्तामा ५६ घण्टा विद्युत् भार कटौती गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार परिवर्तित तालिकाअनुसार अब हप्तामा पाँच दिन...
थारूवानजनकपुरधाम- यही पुस २ गते हुने सीता–राम विवाह महोत्सव (विवाह पञ्चमी) मा यसपटक भारतको अयोध्याबाट भगवान् रामको विशेष जन्ती आउने भएको छ। सीता–राम विवाह महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसपटक अयोध्याबाट विशिष्ट साधुसन्त र महन्त भगवान् रामको जन्तीमा आउने छन्।
थारूवानकाठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले समावेशी नीति अङ्गालेको नेपालको विकासका लागि उचित र वस्तुनिष्ठ तथ्याङ्कले सहयोग पुर्याउने बताएका छन्। आज केन्द्रीय तथ्याङ्क विभागले आयोजना गरेको राष्ट्रिय जनगणना २०६८को नतिजा सार्वजनिक गर्दै प्रधानमन्त्रीले वस्तुनिष्ठ तथ्याङ्कले नै देश विकासका लागि सहयोग गर्ने बताएका हुन्।
थारूवानभद्रपुर- प्रत्येक वर्षझैं यस वर्ष पनि झापाको भद्रपुरस्थित मेची नदीको तटमा छठ पर्व मनाउनका लागि मैथिल समाज भद्रपुरले तयारी सुरु गरेको छ। छठ पर्व व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि सो समाजले विभिन्न उपसमिति गठन गरेको छ। उक्त समाजका अध्यक्ष रमेशचन्द्र झाको अध्यक्षतामा बसेको बैठकले कन्हैया झाको संयोजकत्वमा आर्थिक सङ्कलन...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश