2
तीनबुँदे सहमति : आशावादी छौं तर ढुक्क हुने स्थिति छैन
संघीय गठबन्धनसँग भएको ३ बुँदे सहमतिपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले माग सम्बोधन गर्नेमा पश्चिम तराईमा आन्दोलनरत थारू समुदायका अगुवा आशावादी देखिएका छन् । थारूवानको एजेन्डा उठाउने पार्टीको नेतृत्वमा सरकार बनेको र यसमा कांग्रेस पनि समावेश भएकाले माग सम्बोधन हुनेमा उनीहरू आशावादी भएका हुन् ।
थारूवानथारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष रामदिन चौधरीको सोमबार निधन भएको छ । पूर्वी चितवनको खैरहनी-७ सुल्ताना निवासी चौधरीको ८५ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनको सोमबार नै देवघाटमा अन्त्यष्टी गर्ने तयारी गरिएको छ । उनी २०४६ सालमा थारु कल्याणकारिणी सभाको केन्द्रीय अध्यक्ष बनेका थिए...
थारूवानसंविधानप्रति असन्तुष्टि जनाउँदै लामो आन्दोलन गरेको मधेसी मोर्चाले संविधाका ३४ वटा धारा संशोधन गर्न प्रस्ताव गरेको छ। मधेसको माग सम्बोधन गर्ने भन्दै कांग्रेस–माओवादीले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न संविधानका ३४ धारा संशोधन गर्नुपर्ने प्रस्ताव मधेसी मोर्चाले गरेको हो। जसमा सरकारको नेतृत्व गरेको माओवादी केन्द्र सकारात्मक रहेपनि...
थारूवानसङ्घीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाका नेताहरुले सरकारमा सहभागी हुन ८ वटा मन्त्रालय पाउनुपर्ने सर्त अघि सारेका छन्। सरकारमा जानका लागि ८ मन्त्रालयको माग गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए। मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग तीन बुँदे सहमति गरी प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदान गरेको थियो।
थारूवानलिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ दिनका रुपमा लिँदै आएको छ । त्यसैको विरोधमा आज बन्द गरिएको बताइएको छ ।
थारूवानसप्तरी जिल्ला अदालत बार एकाइको अध्यक्ष पदमा प्रगतिशील पक्षका रामप्रसाद चौधरीसहित बहुमतले विजय हुनुभएको छ । शुक्रबार साँझसम्म घोषित निर्वाचन परिणामअनुसार चौधरीले ५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मर्यादित समूहका महेश्वर साहले २५ मत ल्याएर चित्त बुझाउनु परेको छ ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश