2
आन्दोलनकारीलाई प्रधानमन्त्रीद्वारा फेरि वार्ता आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी मोर्चालाई पत्र लेख्दै वार्तामा आउन पुनः आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार तेस्रोपटक लेखेको पत्रमा संवादको माध्यमबाट समस्या समाधान खोज्न सरकार तयार रहेको भन्दै वार्तामा आउन आग्रह गरिएको छ।
थारूवानराजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति १ सय ९ सदस्यीय पुगेको छ। मेची-महाकाली अभियानअन्तर्गत पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म केन्द्रीय समिति विस्तार गरेको संयोजक लेखीले जानकारी दिए। गत फागुन २७ गते २७ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको पार्टीले तीन महिनाभित्र १ सय ९ सदस्यीय समितिको घोषणा गरेको हो।
थारूवानथरुहट थारूवान संयुक्त संघर्ष समितिले सरकारसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली घोषणा गरेको छ। सरकारले वार्ता आह्वान गरेसँगै राजधानीमा बसेको केन्द्रीय आन्दोलन परिचालन समिति बैठकले धनीराम चौधरीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको हो। टोलीमा रुक्मिणी चौधरी, राजकुमार लेखी, किशोरकुमार विश्वास र रमेशकुमार चौधरी छन्।
थारूवानसद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस, एमाले र माओवादीले संयुक्त आह्वान गरे मात्र वार्तामा बस्ने बताएका छन्। उनले संघीय गठबन्धन अहिले पनि आन्दोलनमै रहेको उल्लेख गर्दै आफ्ना जायज माग सम्बोधन गरेर प्रमुख तीन दलले आह्वान गरे वार्तामा बस्ने बताए। उनले थपे, ‘जब हामी आन्दोलनमा होमिन्छौं, सरकारले वार्ताको नाटक मञ्चन गर्छ,...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश