3

माग सम्बोधन नभएसम्म मोर्चा निर्वाचनमा नजाने

स्थानीय निकायको निर्वाचन गर्ने सरकारको प्रस्तावमाथि सत्ता साझेदार दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज छलफल भयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका-संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावलाई सहमतिका साथ अघि बढाएर स्थानीय निकायको निर्वाचनमा जानेबारे दुवैपक्षबीच सकारात्मक कुराकानी भएको बताइएको छ।

थारूवान

संविधानको कार्यान्वनयका लागि सबै राजनीतिक दल स्थानीय निकायको निर्वाचन गर्न सहमत भएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाउनुभएको बैठकमा सहभागी सबै राजनीतिक दल स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा र प्रतिवेदन आउन ढिलो भएमा पुरानै संरचनाअनुसार निर्वाचनमा जान सहमत भएका हुन् ।

थारूवान

गंगापरस्पुर ३ कटियान गाउँका ६५ वर्षीय जनकलाल चौधरीले मोहियानी हकका लागि भूमिसुधार कार्यालयमा तारेख बोक्न थालेको १२ वर्ष भइसक्यो तर अहिलेसम्म उनले हक पाएनन् । २ बिघा १७ कट्ठामा मोही रहेकोमा जग्गाधनी तयार नहुँदा जग्गा बाँडफाँड हुन सकेको छैन । उनले अझै न्याय पाउने आस मारेका छैनन् । ‘भूमिसुधार...

थारूवान

खुमबहादुर खड्का पदमा भए पनि, नभए पनि राष्ट्रिय राजनीतिमा सदाबहार छाउनु भएको छ । भ्रष्टाचारको आरोपमा जेल परे पनि आफ्नो पार्टीमा उहाँको पकड बलियो देखिन्छ । हिन्दु राष्ट्रको पक्षमा कांग्रेस नभए पनि उहाँ त्यस आन्दोलनलाई बोकेर हिँहिरहनु भएको छ । संविधान सभाको पहिलो चुनावमा दाङ क्षेत्र नं १ बाट...

थारूवान

लखन चौधरी/कैलाली। कैलालीको घोरीघोरा मन्दिर परिसरमा वर्षेनि आयोजना हुँदै आएको लवांगी पूजा तथा घोरीघोरा महोत्सवको तयारी तीब्र पारिएको छ। लवांगी पूजा तथा घोरीघोरा महोत्सव व्यवस्थापन समितिको आयोजनामा मंसिर १७ देखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र पारिएको हो।

थारूवान

कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताएका छन्। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताए। उक्त अवसरमा उनले माछापालन सम्बन्धि तीनवटा स्मारिकाको समेत विमोचन गरे। 

थारूवान

बर्दिया पताधार बगहीपुरका बेचनी चौधरी पाठेघरको क्यान्सबाट ग्रसित छिन्। उनी अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन्। पैसा अभावमा उनको उपचारमा समस्या भएको भन्दै बर्दियाली थारु विकास मञ्च काठमाडौंले सहयोगको अभियान थालेको छ।

थारूवान

श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन्।

थारूवान

सी चराउन गएका बर्दियाको राजापुरका एक व्यक्ति कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन् । राजापुर नगरपालिका–११ अनन्तपुर का ५५ वर्षका भिकु थारु कैलालीको धनासिंहपुर–१ श्रीलंका भन्ने ठाउँ नजिकबाट कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

थारूवान

थारु विद्यार्थी समाजले थारु समुदायको माग मुद्दा सम्बोधन नगरी संविधान संसोधन गरे आन्दोलन गर्ने बताएको छ। राजधानीको बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। त्यसका लागि थारु सम्बद्ध संघ संस्था र पार्टीका थारु नेताहरुसँग समन्वय गरी आन्दोलन घोषणा गर्ने समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए।

थारूवान
1 87 88 89 90 91 119