4

थारू गाउँमा सिकलसेलको महामारी फैलिँदै, रगत परीक्षण गर्नेको भीड

पश्चिम तराईका थारू समुदायमा सिकलसेल एनिमियाको महामारी फैलिँदै गएपछि यसका पीडितको पहिचान गर्न बालबालिकादेखि वृद्धहरूको रगत जाँच गर्न थालिएको छ । समयमै रोगीको पहिचान भए उपचार गरेर जीवन जोगाउन सक्ने भन्दै रगत संकलन गर्न थालिएको हो । जिल्ला जनस्वास्थ्यले रगत नि:शुल्क जाँच गरिरहेको छ । एनिमियाको लक्षण देखिएका र...

थारूवान

तत्कालीन माओवादीलाई सहयोग गरेको आरोपमा ०५८ चैत २६ गते सेनाले उनका दाजु रामदासको हत्या गर्‍यो । यो घटनाले लामो समय परिवारलाई पिरोल्यो । दुई वर्षपछि ०६० फागुन ८ गते पति काशीरामको पनि सेनाबाटै हत्या भयो । त्यसपछिका दिन कृष्णकुस्मी थारूका निकै कष्टकर बने ।

थारूवान

अष्ट्रेलियामा फोटोग्राफी गर्दै आएका अरुण आर्यन चौधरीको डेब्यु म्युजिक भिडियो सार्वजनिक भएको छ। किरण भण्डारीको ‘छातीको दिल’ बोलको गीतमार्फत् उनले भिडियोग्राफीमा डेब्यु गरेका हुन्।

थारूवान

बार बर्दिया नगरपालिका वडा नम्बर-८ औरी बस्ने एक जनाको चट्याङ लागेर ज्यान गएको छ। आइतबार बिहान साढे ७ बजे खेतमा काम गरिरहेको बेला एक्कासी परेको चट्याङले ४३ वर्षीय शुक्ला थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपि भरत वहादुर वोहराले जानकारी दिए।

थारूवान

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति पाईसभास्को बिल्बाउको अध्यक्षमा महानारायण चौधरी बिजयी भएका छन्। नयाँ नेतृत्वका लागि भएको निर्बाचनमा पूर्ण प्रसाद राईलाई ९ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्। अध्यक्ष पदका लागि भएको निर्बाचनमा चौधरीले ९० मत तथा राईले ८१ मत प्राप्त गरेका थिए।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। बुधबार विहान सम्पन्न मत गणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ । एमालेका ममताप्रसाद चौधरी ८ हजार १६४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७ मत पाए । उपमेयरमा एमालेकी प्रेमकुमारी थापा...

थारूवान

कपिलबस्तुको बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन्। उनले १५ हजार ७३८ मत प्राप्त गरे। उपमेयरमा भने एमाले विजयी भएको छ।

थारूवान

स्थानीय तहको दोस्रो चरणको चुनावमा पछिल्लो मतपरिणामअनुसार १४ वटा तहमा थारु उम्मेदवारहरु मेयर/प्रमुखमा निर्वाचित भएका छन्। त्यस्तै १३ वटा तहमा थारु उम्मेदवारहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्।

थारूवान

दाङको घोराही उपमहानगरपालिका जितेर नेकपा एमालेले दोस्रो चरणमा चुनाव भएका सात उपमहानगरपालिकामा बिजयी सुरुवात गरेको छ । दाङमा निकै कमजोर मानिएको एमालेले देशकै सबैभन्दा ठूलो उपमहानगरको मेयर र उपमेयर दुवैमा फराकिलो अन्तरले विजय हासिल गरेको हो ।

थारूवान

उनले करिब साढे तीन दशक राष्ट्रिय जनमोर्चाको राजनीति गरे । कृषि पेसासँगै राजनीतिमा लागे पनि कहिल्यै सार्वजनिक पदमा बसेनन् । यसअघिका विभिन्न चुनावमा लड्ने इच्छा पनि देखाएनन् । यसपटक ३ महिनाअघि मात्रै चुनाव लड्नकै लागि जनमोर्चा छाडेर माओवादी केन्द्रमा आएका ५० वर्षीय मदनसेन बडायक कञ्चनपुरको लालझाडी गाउँपालिकाको प्रमुखमा निर्वाचित...

थारूवान
1 29 30 31 32 33 75