4

खिचरा महोत्सवको तयारी तीब्र

कारी महतो/चितवन। पूर्वी चितवनको खैरहनीमा आयोजना हुनलागेको चौथौं खिचरा महोत्सवको तयारी तीब्र पारिएको छ। महोत्सवको स्टेयरिङ कमिटीको शुक्रबार बसेको बैठकले महोत्सवलाई व्यस्थित र प्रभावकारी बनाउन गठित विभिन्न समिति, उप–समिति लाई सक्रिय बनाएर कार्यसम्पादनमा लाग्ने निर्णय गरेको छ।

थारूवान

अविनाश चौधरी/धनगढी। राष्ट्रको कार्यकारी प्रमुखलाई परम्परागत शैलीमा स्वागत गर्ने तयारी गरेका कैलालीको हसुलिया–२ बड्का मुडा गाउँका कृषकको रहर पूरा हुन सकेन। किसानले थारु समुदायको परम्परा अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लहरु (सानो बयलगाडा) मा बसाएर डुलाउने तयारी गरेका थिए। उनीहरुले लहरुलाई कृषि उपज खुर्शानी, काउली, भन्टा, बाँस लगायतले सजाएका...

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले आज विराटनगरस्थित सहिद रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच उद्घाटन गरिन्। सो अवसरमा उनले खेलाडीलाई मर्यादित, अनुशासित भएर राष्ट्रको प्रतिष्ठामा वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आह्वान गरिन्।

थारूवान

बन्द गराउँदै हिँडेका नागरिक समाजवादी पार्टी (नासपा)का कार्यकर्तालाई प्रहरी पक्राउ गरेको छ। राजकुमार लेखी नेतृत्वको उक्त पार्टीका कार्यकर्ताहरुले आजको घोषित तराई बन्दअन्तर्गत सिरहाको लहानमा बाटो अवरुद्ध गर्ने क्रममा पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट जगत बराम विजयी भएका छन् । नयाँ नेतृत्वका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य भुजेललाइ ८ मतले पछि पार्दै काँग्रेस र माओवादी केन्द्रलगायत दलको प्यानलका उम्मेदवार बराम विजयी भएका हुन् । महासंघमा एमाले सबै सीटमा पराजीत भएकाे छ ।

थारूवान

थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको उपचारका लागि सहयोग रकम जुट्के क्रम जारी छ।  थरुहट तराई पार्टी नेपाल र बर्दियाली थारु विकास मञ्चले संयुक्तरुपमा आह्वान गरेको अपिलपछि हालसम्म एक लाख १६ हजार ९ सय २६ रुपैयाँ संकलन भएको छ। थरुहट...

थारूवान

गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ...

थारूवान

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने र त्यसको लागि पछि महाभारत गर्नेगरि अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिको रुपमा लिएर यसलाई पारित गर्नेगरि पहल गर्ने बताएका छन्।

थारूवान

राष्ट्रिय परीक्षाबोर्डले बिहीबार कक्षा ११ को नियमिततर्फको नतिजा प्रकासित गरेको छ। बोर्डले जेठ २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नतिजामा यसवर्ष ५१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परिक्षा नियन्त्रक सन्तोस अर्यालले बताए।

थारूवान

पर्सा- पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ। वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो।

थारूवान
1 47 48 49 50 51 75