प्रवासमा थारू

अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटोसहित)

थारु समाज सिड्नीले छैठौँ पटक माघी पर्व भव्य रूपमा सम्पन्न गरेको छ। थारु समुदायको सबैभन्दा ठूलो सांस्कृतिक पर्व माघीको अवसरमा जनवरी १५ तारिख, माघ १ गते बिहीबार इन्द्रेणी फंक्सन सेन्टर, रकडेलमा विशेष कार्यक्रमको आयोजना गरी माघी पर्व हर्षोल्लासका साथ मनाइएको हो। बेलुकी ५ बजे थारु परम्पराअनुसार पूजा–आजासहित कार्यक्रम सुरु...

थारूवान

बेलायतमा आयोजित थारू फुटसल प्रतियोगितामा थारू युनाइटेड एपसीले उपाधि जितेको छ। क्यानडा वाटरमा भएको फाइनलमा थारू युनाइटेडले थारू रेन्जरलाई पराजित गर्दै उपाधि जितेको हो। छबिन नारायण चौधरी नेतृत्वको थारू युनाइटेडले समिर चौधरी नेतृत्वको थारू रेन्जरमाथि विजयी हासिल गरेको हो। प्रतियोगितामा छबिन नारायण चौधरी प्लेयर अफ दी टुर्नामेन्ट घोषित भएका...

थारूवान

नेपाल आदिवासी जनजाति महासंघ युएईको अध्यक्षमा भागरथी कुमार भगत निर्वाचित भएका छन्। दुबईमा सम्पन्न महासंघको भेलाले मोरङ निवासी भागरथीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। उनी थारू कल्याणकारिणी सभा युएईको सभापति पनि हुन्। उनले आगामी २०२७ सम्मका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन्। विभिन्न जातीय संस्थाहरूको सहभागितामा आइतबार दुबईस्थित क्लब...

थारूवान

थारू कल्याणकारिणी सभा युएईले एमाले सांसद एवं पूर्वमन्त्री भगवती चौधरीलाई सम्मान गरेको छ। ‘आइकोनिक वुमन अवार्ड’बाट सम्मानित भएका सांसद चौधरीलाई दुबईमा थाकस युएईसहित नेपाल आदिवासी जनजाति महासंघ, सुनसरी समाज, धरान हेल्पिङ ह्यान्डस, नेपाल प्रवासी मञ्च, एनआरएनए, प्रवासी भुजेल समाजलगायत वभिन्न संघसंस्थाहरूको उपस्थितिमा सम्मान गरिएको हो। थाकस युएईका सभापति भागरथी...

थारूवान

थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...

थारूवान

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

थारूवान

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। अष्ट्रेलियाको सिड्नीस्थित थारू सोसाइटी सिड्नी अष्ट्रेलियाले पाँचौं माघी महोत्सव आयोजना गर्ने भएको हो। थारूहरूबीच भाइचारा कायम गर्दै समुदायको कला संस्कृतिको जगेर्ना

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) युएईले यस वर्ष पनि माघी मनाउने भएको छ। “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” नारासहित थाकस युएईले ११औं वार्षिक भेला तथा तिला सकरा, खिचरा, खिचरी, खिचडी, माघ, माघी नाम दिएर कार्यक्रम गर्न लागेको हो।

थारूवान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई अन्तिम किस्ता बापतको रकम प्रदान गरेको छ। सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई अन्तिम किस्तान प्रदान गरेको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिए।

थारूवान

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएई महिला विभाग प्रमुख जानकी महतोलेले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताइन्। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नारासहित...

थारूवान
1 2 3 8