दुबईमा भगवती चौधरीलाई थाकससहित नेपाली संघसंस्थाको सम्मान, सुनाइयो श्रमिकका पीडा

थारू कल्याणकारिणी सभा युएईले एमाले सांसद एवं पूर्वमन्त्री भगवती चौधरीलाई सम्मान गरेको छ। ‘आइकोनिक वुमन अवार्ड’बाट सम्मानित भएका सांसद चौधरीलाई दुबईमा थाकस युएईसहित नेपाल आदिवासी जनजाति महासंघ, सुनसरी समाज, धरान हेल्पिङ ह्यान्डस, नेपाल प्रवासी मञ्च, एनआरएनए, प्रवासी भुजेल समाजलगायत वभिन्न संघसंस्थाहरूको उपस्थितिमा सम्मान गरिएको हो।

थाकस युएईका सभापति भागरथी कुमार भगतले श्रमिकहरूको पक्षमा वकालत गरिदिन आग्रह गरेका थिए। श्रमिकहरूको न्युनतम तलब तोकिए पनि मेनपावरले गलत मनासायका साथ सम्झौता गर्ने गरेको उनले सांसद चौधरीलाई ध्यानाकर्षण गराए। युएईका असमायिक निधन भएका नेपालीहरूको शवलाई स्वदेश फिर्ता गर्न पनि दूतावास र सरकारले कुनै पहलकदमी नलिएको उनले बताएका थिए ।

त्यस्तै नेफिन युएईका अध्यक्ष विक्रम लिम्बुले पाथीभारा विवाद र कोशी प्रदेशको नामाकरणबारे ध्यानाकर्षण गराएका थिए। त्यस्तै धरान हेल्पिङ ह्यान्डसका अध्यक्ष ईश्वर श्रेष्ठले भिजिट भिसामा आउने ब्यक्तिहरूलाई २ लाखसम्मको बीमा गर्नुपर्ने बताए। त्यसले नेपाल फर्किने बेला त्यसले राहत प्रदान गर्ने उनको भनाइ छ।

त्यस्तै सीपी सापकोटाले विदेश जानका लागि अनिवार्य तिर्नुपर्ने श्रम शुल्क हटाउनुपर्ने बताए। त्यसले श्रमिकलाई कुनै फाइदा नपुगेको उनको गुनासो छ। सहभागीहरूले युएईका श्रमिकहरूले भोगेका दुःखहरूका बारेमा नेपाल सरकारसँग पहल गरिदिन सांसद चौधरीको ध्यानाकर्षण गराएका थिए। सांसद चौधरीले श्रमिकका पीडाहरू प्रधानमन्त्री र सम्बन्धित नियकासँग प्रत्यक्षरूपमा राख्ने प्रतिबद्धता जनाएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *