यी हुन् अमेरिकी थारूहरूको संस्था टीएफएको छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरू

थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो।
छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्।
स्नातक तहमा अध्ययनरत सिरहाका कृष्णकान्त चौधरी, सप्तरीका पियुस चौधरी, दाङका अशोक चौधरी, सप्तरीका आदर्श चौधरी, नवलपरासीका विवेक चौधरी, कपिलवस्तुका अभिषेक थारु, दाङकी बन्दना चौधरी र महोत्तरीकी अमिशा सिंह रहेका छन्।
त्यस्तै प्लस टुमा अध्ययनरत सप्तरीकी युनिसा चौधरी, सप्तरीकै स्नेहा चौधरी, बर्दियाका विनायक चौधरी, दाङकी सुमिना चौधरी, पर्साकी इशु चौधरी, कैलालीकी दीपिका चौधरी, कैलालीकै ममता चौधरी, बाँकेकी सोनिया थारु, सप्तरीका राहुल चौधरी, नवलपरासीकी प्राप्ति चौधरी, रुपन्देहीकी तमन्ना थारु र रौतहटका हेमन्त चौधरी रहेका छन्।
त्यस्तै विशेष छात्रवृत्तिको रूपमा रहेको टीएफए नामांकित अन्तर्गत सरोज चौधरी छात्रवृत्ति पाउनेमा कञ्चनपुरका अशोक चौधरी र कैलालीकी करुना चौधरी रहेका छन्। त्यस्तै हिमालय ग्रिल छात्रवृत्ति पाउनेमा बर्दियाका दीपक थारु र दाङकी हेमाश्मा चौधरी रहेका छन्। त्यस्तै बसन्ती देवी चौधरी छात्रवृत्ति पाउनेमा बाँकेका प्रकाश थारु रहेका छन्।
‘सरोज चौधरी छात्रवृत्ति’ त्रिभुवन चौधरी, ‘हिमालयन ग्रिल छात्रवृत्ति’ अम्रित महतो, र ‘बसन्ती देवी चौधरी छात्रवृत्ति’ गणेश चौधरीद्वारा स्थापना गरिएको हो। टीएफएका अनुसार स्नातक तहतर्फ छात्रवृत्ति पाउनेले प्रतिव्यक्ति ३०,००० रुपैयाँ, प्लस टु तहतर्फ २०,००० रुपैयाँ र नामांकिततर्फ प्रतिव्यक्ति ३५,००० रुपैयाँ प्रदान गरिनेछ।
टीएफए छात्रवृत्ति कार्यक्रमका लागि नेपालका ५०० भन्दा बढी विद्यार्थीले आवेदन दिएको सचि ज्ञानेन्द्र चौधरीले बताए। यो अघिल्लो पटकभन्दा आठ गुणाले धेरै भएको सचिव चौधरीको भनाइ छ।
टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले आवेदन मूल्यांकन गर्दा शैक्षिक योग्यता र आर्थिक अवस्था मुख्य आधार बनाइएको बताए। छात्रवृत्ति कार्यक्रम टीएफएमा आबद्ध सदस्य र शुभचिन्तकहरूबाट प्राप्त सहयोग र दानको माध्यमबाट सम्भव भएको अध्यक्ष चौधरीको भनाइ छ।
टीएफएले थारू समुदायका होनहार, मेहनती तथा आर्थिकरूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई शिक्षाको पहुँचमा सहयोग पुर्याउने उद्देश्य राखेको बताएको छ।
Super Job and how can i apply for the scholarship for master degree
यस कार्यक्रमबारे थप कुऱा थाहा पाउन के गर्ने?
sir chatrabridhi pauna lai ke ke document upladh garnu parx
Hello everyone you can apply in the end of this year for 2025/26 we will announce to apply application then you can apply and all requirements document details are in application form now we are only providing who are in the list
If you have any questions you can email us in
tharusandfriends @gmail.com
You can check more details in our website
Tharus.org
No candidate from bara why?