समाचार

धनगढीमा तीन करोडमा बन्यो थारु संग्रहालय, तर छैनन् संस्कृति झल्काउने सामग्री

कैलालीको धनगढीमा संघीय सरकारले तीन करोडमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालनमा बेवास्ता गरिएको छ। धनगढीमा संघीय सरकारको तीन करोड बजेटमा निर्माण गरेको थारु संग्रहालय प्रभावकारी रुपमा सञ्चालन गर्न उपमहानगरपालिकाले बेवास्ता गरेको हो।

रोशन भट्ट

थारू क्लस्टर माग गर्दै सर्वोच्चमा दायर रिटमध्ये ११ वटा विज्ञापनको परीक्षा सञ्चालनको बाटो खुलेको छ। छुट्टाछुट्टै रिटमा सर्वोच्चबाट यसअघि जारी भएका ‘अल्पकालीन आदेश निरन्तरता नहुने’ नदिने आदेश आइतबार जारी भएसँगै परीक्षाको बाटो खुलेको हो।

थारूवान

नेपाल इन्जिनियर्स एशोसियसनको ३३औं कार्यकारिणी समितिको निर्वाचनमा सप्तरीका श्याम नारायण चौधरीले उम्मेदवारी दिएका छन्। एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट उनले केन्द्रीय कोषाध्यक्षको पदमा उम्मेदवारी दिएका हुन्।

थारुवान संबाददाता

तुलसीपुर उपमहानगरपालिका-१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् ।

थारुवान संबाददाता

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बसन्त सामुदायिक वन क्षेत्रमा २ महिनादेखि २८ वर्षीय उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन्। सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका राजबन्दी थारुहरुको तत्काल रिहाइ गर्नुपर्ने माग फेरि अघि सारेको छ। मोर्चाले बिहीबार कैलालीको टीकापुरमा विचार गोष्ठी आयोजना गर्दै रिहाइ माग गरेको हो।

थारुवान संबाददाता

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमारले भवन उद्घाटन गरेका हुन् ।

थारुवान संबाददाता

सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ। बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ। खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन।

थारुवान संबाददाता

सशस्त्र प्रहरीले आज बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणमातहतको बीओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका-५, छोटीपलियाबाट कैलारी-३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एकथान दुईनाले बाह्रबोरको बन्दुकसहित

थारुवान संबाददाता

झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो ।

थारुवान संबाददाता