समाचार
कांग्रेस सभापतिमा देउवा निर्वाचित, पदाधिकारीको गणना आज साँझदेखि
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन्।
थारुवान संबाददातानेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन्। उनले थारु कोटामार्फत् सहमहामन्त्रीमा उम्मेदवारी दिएका हुन्। विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट करियर सुरु गरेका उनी कांग्रेसका प्रभावशाली नेता मानिन्छन्। यसकारण उमाकान्त चौधरी सहमहामन्त्रीका दाबेदार नेता त सबै बन्न रुचाउँछन् । तर असल राजनेता बन्ने कमै...
थारुवान संबाददातानेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटव्यूरो सदस्य प्रस्ताव गरेका हुन्। एमालेको विधानमा ९९ सदस्यीय पोलिटव्यूरो रहने व्यवस्था छ। अध्यक्ष ओली केपी शर्मासहित १९ जना पदाधिकारी स्वतः पोलिटब्यूरोमा रहने भएकाले ८० जना प्रस्ताव गरेका हुन्।
थारूवाननेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्मपन्न भएको मनोनयन दर्तामा थारु समुदायका २४ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये ३ जना सहमहामन्त्रीमा, केन्द्रीय सदस्यको खुलातर्फ ४ जना, थारु कोटाको खुलातर्फ १० जना, थारु कोटाको महिलातर्फ ४ जना, आदिवासी जनजाति महिलातर्फ एक जना र भूगोलतर्फ दुई जनाको उम्मेदवारी परेको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश