समाचार
यस्तो छ ओली र नेपाल पक्षबीच भएको दस बुँदे सहमति
सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ। यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन्।
थारूवानसमाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्।
थारूवानलुम्बिनी प्रदेश सरकारले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक जनालाई अग्रज पत्रकारिता पुरस्कार र तीन जनालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो। मुख्यमन्त्री कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश