समाचार

राष्ट्रिय जनगणना सुरू, तथ्यांक टिपाउँदा यी कुरा नछुटाउनुस्

आजबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको छ। अबको २० दिन सम्म देशभर खटिएका ८हजार ५ सय सुपरिवेक्षकले करिब ७० लाख घर परिवारको विवरण संकलन गर्ने छन्।

थारुवान संबाददाता

एप्पल कम्पनीले आइफोन-१३ सार्वजनिक गरेको छ। क्यार्लिफोनियाबाट भर्चुअल कार्यक्रम गरेर एप्पलले मंगलबार अबेर राति आइफोन-१३ का चारवटा मोडल सार्वजनिक गरेको हो। पुरानो आइफोनको तुलनामा आइफोन-१३ निकै एड्भान्स रहेको एप्पलले दाबी गरेको छ।

थारुवान संबाददाता

भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ। सो जनगणनामा थारु भाषा मात्र प्रयोग भएको थियो।

थारुवान संबाददाता

पञ्चायती व्यवस्थाविरुद्ध लडेका सहिद दिलीप चौधरीको सम्झनामा स्मारक स्तम्भ बन्ने भएको छ। करिब एक लाख रुपैयाँमा बन्ने स्मारक स्तम्भको निर्माण कार्य सुरु भइसकेको नेता राजकुमार लेखीले बताएका छन्। स्तम्भ निर्माण कार्य भदौभित्रै सकिने उनले बताए।

थारुवान संबाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियामा समावेशी प्रतिनिधित्वलाई लिएर असन्तुष्टि देखिएको छ। जनसंख्याका आधारमा प्रतिनिधित्व हुने निर्वाचन निर्देशिकाको व्यवस्थाले विगतमा पाएको सुविधा कटौती गरेको भन्दै दलित, मुस्लिम, अल्पसंख्यक समुदायका नेताहरु असन्तुष्ट छन्।

थारूवान

पूर्व मन्त्री तथा अनुुसन्धानकर्ता डा. गोपाल दहितले अट्वारी पर्वलाई सबैको साझा पर्व बनाउनुपर्ने बताएका छन्। बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर २ जोतपुरमा भएको अट्वारी टिउह्वार (पर्व) को शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. दहितले बताएका हुन्।

थारुवान संबाददाता

कमल चौधरी नेपाल एक बहुजाति, बहुसंस्कृति र बहुधार्मिक भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजाति, धर्म, भाषा र संस्कृति भएका मानिसहरूको साझा थलो हो । विविधता सँगै यहाँ विभिन्न किसिमका भेषभुषा र सांस्कृतिले गर्दा नै नेपालको गरिमाय बढेको छ । त्यस्तै परापूर्वकालदेखि भव्य रूपमा थारूहरूले विभिन्न किसिमका समाजिक तथा...

कमल चौधरी

थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन्। धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ।

थारुवान संबाददाता

थरुहट थारुवान राष्ट्रिय मोर्चासहित थारु संघसंस्थाहरुले संविधान जलाउने भएका छन्। उनीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णयसमेत गरेका छन्। थारुहरुले संविधानलाई अपुरो भएको भन्दै संशोधनको माग उठाउँदै आएका छन्।

थारुवान संबाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलमै अट्वारी पर्व मनाउने भएका छन्। टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले डिल्लीबजारस्थित सदर जेलमा रहेका छन्। भोलि आइतबार परेको अट्वारी पर्व जेलमै मनाउने उनले बताए।

थारुवान संबाददाता