समाचार

पत्रकार सम्मेलन गरेर लक्ष्मणले भने- लाल आयोगको प्रतिवेदन टेबलमा राखेर वार्ता गरौं

लखन चौधरी/कैलाली। थरुहट नेता लक्ष्मण थारुले सरकार र थरुहट पक्षबीच जारी वार्ताप्रति आशंका व्यक्त गरेका छन्। थारुहरुसँगको वार्ता नौटंकी मात्रै रहेको बताउँदै उनले हालसम्म एउटा पनि बुँदामा सहमति हुन नसकेको भन्दै टिप्पणी गरेका छन्।

थारूवान

नेकपा एमालेले २६५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ। जसअन्तर्गत थारु नेताहरुको कार्यविभाजन गरिएको छ।

थारूवान

रियासा दाहालले थारु म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनले अभिनेता एवं निर्देशक प्रदीप कुमार चौधरी ‘पीके डन’सँग अभिनय गरेकी हुन्।

थारूवान

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाललाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ संस्थाहरुलाई बिहीबार दूतावासले ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको हो।

थारूवान

कञ्चनपुरको बेलौरीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले बृहत् आमसभा गर्ने भएको छ। वैशाख २० गते हुने भनिएको भेलामा स्थानीय तथा शीर्ष थारु नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाका केन्द्रीय सदस्य प्रमवति रानाले जानकारी दिइन्।

थारूवान

मुक्त कमलरीहरुले कैलालीको जोशीपुर गाउँपालिकामा धर्ना दिएका छन्। उनीहरुले विभिन्न माग राखी गाउँपालिका कार्यालय अगाडि नाराबाजीसमेत गरेका छन्।

थारूवान

नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धसतक बनाए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको...

थारूवान

थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गर्ने भएको छ। मोर्चका प्रवक्ता मिनराज चौधरीका अनुसार आजै बर्दियाको राजापुरमा छलफल कार्यक्रम आयोजना गरिएको छ।

थारूवान

बर्दियामा एक स्कुलले बालिका बेपत्ता भएकी छन्। मधुबन नगरपालिका २ ओराली बजारकी सम्पन्नता थारु बेपत्ता भएकी हुन्। बिहीबार बिहान ९ बजे विद्यालय हिँडेकी बालिका अहिले सम्म घर फर्केकी छैनन्।

थारूवान

थरुहट थारुवान राष्ट्रिय मोर्चाले नवलपरासी पश्चिममा बृहत् आमसभा गर्ने भएको छ। परासीको रामग्राममा वैशाख १६ गते हुने आमसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ।

थारूवान