समाचार
राति १० बजेदेखि सेना परिचालन
राति १० बजेबाट सेना परिचालन हुने भएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गरेर राति १० बजेबाट सक्रिय हुने जानकारी दिएको छ। ‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले संसद पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। उनी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। ‘हिजोदेखि जेनजीले उठाएको आवाज, उनीहरूको माग र आन्दोलन तत्पश्चात भएको मानबिय क्षतीले मलाइ गहिरो आत्ममन्थन गर्न बाध्य भएको छु।...
थारूवाननागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जेनजी आन्दोलनलाई समर्थन गर्दै सांसद चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। ‘म अरुणकुमार चौधरी कैलाली क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य आजको मितिदेखि संसद सदस्य पदबाट राजीनामा दिएको घोषणा गर्दछु। जेनजी आन्दोलनलाई पुर्ण समर्थन...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि मंगलबार स्थिति झन् बिग्रिएपछि प्रधानमन्त्री ओलीले राजीनामा बुझाएका हुन्। मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निवकास र समस्या समाधानको थप पहलका लागि भन्दै प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले साँझ ६ बजे...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण नागरिकको ज्यान जाने परिस्थिति उत्पन्न भएको बताएका छन्। सोमबार मध्य राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले जेनजी पुस्ताको मागप्रति सरकार नकारात्मक नरहेको उल्लेख गरेका छन्। ‘जेन-जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको दुःखद् घटनाले मलाई मर्माहत बनाएको छ।...
थारूवानसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्रीको राजीनामा नआउने बताएका छन्। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मन्त्री गुरुङले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा नआउने बताए। गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएको उनले बताए। ‘सडकमा बसेर राजीनामा मागेर हुन्छ,’ सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले भने। त्यस्तै सरकारले जेनजी प्रदर्शनमा...
थारूवानसरकारले निष्क्रिय रहेको सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको छ। सोमबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले बताए। यसअघि सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल खोल्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो। कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं बालुवाटार पुगेर...
थारूवानथारू आयोगका सदस्य डा. उमाशंकर चौधरीले राजीनामा दिएका छन्। डा. चौधरीले थारू आयोग ऐन, २०७४ दफा ४ को खण्ड (क) बमोजिम राजीनामा बुझाएका हुन्। राष्ट्रपति रामचन्द्र पदडेलले उनको राजीनामा स्वीकृत गरेका छन्। ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष थारू आयोगका माननीय सदस्य डा. उमाशंकर प्रसाद चौधरीले थारू आयोग ऐन,...
थारूवानप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए। त्यस्तै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश