समाचार

थारुको ७ प्रतिशत कोटा छुट्याउन सरकारको अटेर, आयोगले फेरि पठायो पत्र

थारु आयोगले निजामती सेवामा समावेशी सिद्धान्तका आधारमा थारु समुदायलाई कोटा छुट्याउन सरकारलाई पुनः सिफारिस गरेको छ। राज्य व्यवस्था समितिले निजामती सेवामा आरक्षणको ५० प्रतिशतलाई शतप्रतिशत मानेर थारु समुदायको आरक्षण ५ बनाएपिछि २५ चैतमा थारु आयोगले सरकार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस पठाएको थियो।

थारूवान

जापानमा हुन गइरहेको टोकियो ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने पक्का भए पनि अन्तिम समयमा धेरै सहभागी भएकाले उनको सट्टा सरस्वतीले प्रतिस्पर्धा गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

थारूवान

नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश राजधानीको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप बढ्न थालेको छ । पार्टीका वडा तहदेखि केन्द्रसम्मको अधिवेशनको तयारी थालिएसँगै नेताहरुको पछिल्ला दिनमा दौडधुप पनि बढेको हो । जनसङ्ख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र भएको यस...

थारूवान

कैलालीको टीकापुर नगरपालिकामा वडा विभाजनको विषयमा असहमति जनाउँदै स्थानीयले तालाबन्दी गरेका छन् । नगरपालिकाको वडा नम्बर १ वनगाउँका स्थानीयले आज (बुधबार) नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

थारूवान

कुटपिट गरी हत्या गरेको अभियोगमा आमा छोरा पक्राउ परेका छन्। मधुवन नगरपालिका ४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सीता थारु र छोरा १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

थारूवान

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

थारूवान

थारु समुदायमा रहेको कूरिती प्रथा- कमलरी प्रथा उन्मुलन भएको आज ८ वर्ष पुगेको छ। सरकारले १३ असार २०७० मा कमलरी मुक्ति घोषणा गरेको थियो। सोही दिवसको अवसरमा पूर्व कमलरी एवं फ्रिडम फोरम फियर अवार्ड विजेता उर्मिला चौधरीले आप्नो विगत सम्झिएकी छन्।

थारूवान

थारु पत्रकार संघ नेपालले कोरोना संक्रमणबाट ज्यान गुमाएका पूर्व सदस्य हिक्मत चौधरीको परिवारलाई नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ। रुपन्देही जिल्लाका पूर्वअध्यक्ष समेत रहेका तिलोत्तमा ५ मणिग्राम निवासी स्व. पत्रकार चौधरीको परिवारलाई शनिबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले घरमै पुगगेर सहयोग गरेको हो।

थारूवान

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिडेटले अन्तर्राष्ट्रिय स्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त गरेको छ। अमेरिकाको वासिंगटन डिसीमा मुख्य कार्यालय रहेको स्मार्ट क्याम्पेनले नेपालको बाँके जिल्लाको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट प्रदान गरेको हो।

टिकाराम चौधरी

बर्दियाको बारबर्दियाको नगरपालिका नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ४२ लाख ५२ हजार चार सयको बजेट ल्याएको छ। आन्तरिक राजस्व रु आठ करोड ५० लाख अनुमान गरिएको नगर उपप्रमुख अञ्जु दहितले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

थारूवान