समाचार

थाकसको विस्तारित बैठक अमलटारीमा चल्दै, आन्दोलनको लागि साझा रणनीति तय गर्ने

थारु कल्याणकारिणी सभाको दुई दिने विस्तारित बैठक नवलपरासीको अमलटारीमा सुरु भएको छ।

थारुवान/नवलपुर

थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने भएको छ ।

कमल चौधरी/कपिलबस्तु

जंग्रार साहित्यिक बखेरी शाखा सुर्खेतले नव युवा थारु साहिल्यकार एवं बुद्धिजीबीहरुबीच गजल, कथा, निबन्ध कसरी लेख्ने लेखन सिप सेसनमा कथासम्बन्धी साहित्यकार मानबहादुर चौधरी पन्ना गजल लेखन सिपसम्बन्धी गजलकार तथा साहित्यकार सोम प्रसाद डेमनडौरा र निबन्ध डायरी लेखन बारे लेखिका बालिका चौधरीले प्रशिक्षण गर्नुका साथै साहित्यसम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

थारुवान/सुर्खेत

थारुहरुको जातीय पहिचान जोगाउन यतिबेला शिवराजका थारुहरु अग्रसर भएका छन् । पछिल्लो समय थारु जातिको भेषभुषा, संस्कृति हराउँदै जाँदा यहाँका थारु अगुवाहरु संगठित रुपमा अगाडि सरेका हुन् ।

थारुवान/कपिलवस्तु

थारु पत्रकार संघ नेपालको बारा शाखाले माघी मिलन कार्यक्रम गर्ने भएको छ। रेडियो कोल्हबीको प्राङ्गणमा जियालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले पुस २९ गते कार्यक्रम आयोजना गर्ने निर्णय भएको सहसचिव मिनाक्षी चौधरीले जानकारी दिइन्।

थारुवान/बारा

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा सञ्चालित ट्याग परियोजनाअनतर्गत आपतकालीन सहयोग कोषअन्तर्ग कोभिड-१९ कारणबाट प्रभावित भएका विपन्न वर्गाका परिवारका ७ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

थारुवान/बर्दिया

थारु कल्याणकारिणी सभा (थाकस) युएईले टीकापुर घटनाका राजवन्दी परिवारलाई आर्थिक सहयोग गरेको छ। सभाले कैलाली जिल्ला अदालतले आजीवन काराबास सुनाएका दस जनालाई आर्थिक सहयोग गरेको हो।

थारूवान

टिकापुर घटनामा दोषी ठहर भएकाहरु राजबन्दी भएको दाबी गर्दै रिहाईको मागसहित आन्दोलनको घोषणा भएको छ । टीकापुर थरुहट-थारुवान विद्रोह राजबन्दी रिहाई राष्ट्रिय अभियानले आन्दोलनको घोषणा गरेको हो ।

थारूवान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहितले राष्ट्रपति र प्रधानमन्त्री मिलेर कू गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेसको बर्दियाको राजापुरमा आयोजित विरोधसभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जी उडाउँदै कू गरेको आरोप लगाए।

थारूवान

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन भएको छ। कैलाली निर्वाचन क्षेत्र नं. ३ स्थित उनकै घर रहेको कैलारी गाउँपालिकाका हसुलियामा उनकै समर्थकहरुले शनिबार दिउँसो पुतला दहन गरेका हुन्।

थारूवान