समाचार

सर्वोच्चको फैसला लोकतान्त्रिक व्यवस्थाको उपहास : राजकुमार लेखी

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीले सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक व्यवस्थाको उपहास भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीति झनै अन्योलपूर्ण बनाउने दाबी गरे।

थारुवान संबाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम भएको टिप्पणी गरेका छन्। मंगलबार देशवासीमा नाममा सम्बोधन गर्दै उनले यो नै विश्वमा अनुकरणिय भएछ भने विडम्वना नै भन्नुपर्ने टिप्पणी गरे। ओलीले देशका लागि विकास र सार्वभौमिकताको कुरा उठाएका कारण नेकपा (एमाले)को सरकार ढालिएको दाबी गरे।

थारूवान

सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

थारूवान

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो। यस उपाधिसँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ।

थारूवान

सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ। यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन्।

थारूवान

नेकपा एमालेले अधिवेशनको तयारीस्वरूप कैलालीमा रिक्त रहेका स्थानीय तहमा पदाधिकारी चयन भएका छन्। कैलालीमा भदौ ५ गते वडा अधिवेशन, १५ गते स्थानीय तह, ३० गते जिल्ला र असोज २३ मा प्रदेश अधिवेशनको मिति तय गरिएको छ।

थारूवान

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका छन्।

थारूवान

निर्वाचन आयागले नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन नै खारेज गरिदिएको छ। माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुले माओवादी केन्द्र अवैधानिक रहेको भन्दै असार २३ गते निवेदन दिएका थिए।

थारूवान

बारा क्षेत्र नं १ का निर्वाचित सांसद चौधरीले प्रेस काउन्सिलमा उजुरी दिएका छन्। गलत समाचार प्रकाशित गरी चरित्र हत्या गर्ने साँघु साप्ताहिकलाई कारबाही गर्न माग गरिएको छ।

थारुवान संबाददाता

नेपाल प्रहरीको जनपद समूहको प्रहरी सहायक निरीक्षक (असई) पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। बिहीबार प्रकाशित नतिजामा पाँच सय १३ जनाले उत्तीर्ण भएका छन्। उत्तीर्ण भएकामध्ये खुला तथा आदिवासी जनजाति कोटाबाट १४ जना थारुहरुले नाम निकाल्न सफल भएका छन्।

थारुवान संबाददाता