समाचार

अहिलेको सरकारलाई झुकाएरै छोड्छौं : मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले दलाल पुँजीपतिहरूको लागि बनेको सरकारले श्रमिकहरूको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरेका हुन् ।

थारूवान

विवेक पोख्रेल/कान्तिपुरबाट साभार एक महिनाअघि सिनामंगलस्थित एक होटलको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका माझी दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । एक महिना पुग्दासमेत पोस्टमार्टम र मोबाइल फरेन्सिक जाँचको रिपोर्ट नआएपछि परिवार थप चिन्तामा छ।

थारूवान

न्याय परिषद्ले भ्रष्टाचारको मुद्दा हेर्न विशेष अदालतमा न्यायाधीश परिवर्तन गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको न्याय परिषद्को शुक्रबारको बैठकले विशेषमा एक सदस्य मात्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

थारूवान

थारू कल्याणकारिणी सभा (थाकस) युएईले यस वर्ष पनि माघी मनाउने भएको छ। “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान” नारासहित थाकस युएईले ११औं वार्षिक भेला तथा तिला सकरा, खिचरा, खिचरी, खिचडी, माघ, माघी नाम दिएर कार्यक्रम गर्न लागेको हो।

थारूवान

कैलालीको भजनी नगरपालिका-७ चर्राका ४ जना बालक बुधबार दिउँसो खेल्ने भन्दै घरबाट एकसाथ निस्किए। १२ वर्षीय नितेश चौधरी, १० वर्षीय सुनिल चौधरी, ९ वर्षीय अस्मित चौधरी र ११ वर्षीय यज्ञ चौधरी खेल्ने भन्दै घरबाट साइकलमा निस्किएका थिए। तर, उनीहरू राति साढे ९ बजेसम्म पनि घर फर्किएनन्।

थारूवान

पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार दिउँसोबाट देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष सूचना जारी गरेर शुक्रबार दिउँसोबाट शनिबारसम्म पानी पर्ने सम्भावना बढेको हो ।

थारूवान

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकालाई विद्यालय शिक्षापछिको समयमा खेलकुदमा लगाउन आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

थारूवान

काठमाडौं : नेकपा एमालेबाट निष्कासित भएपछि नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको उन्मादमा गरेको निर्णय भएको बताएका छन्। रावलले संक्षिप्त विज्ञप्ति जारी गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीलाई स्वेच्छाचारीको संज्ञा गरेका हुन्।

थारूवान

नेकपा एमालेले नेता भीम रावललाई पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ। बुधबार बसेको एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको उपमहासचिव प्रदीव ज्ञवालीले बताए। उनका अनुसार रावले पार्टीको निर्देशन नमानेर उल्टै पार्टीको हित विपरीत काम गर्दै आएका छन्।

थारूवान

सहकारी ठगीमा परेका पीडितहरूले रकम फिर्ता पाउनेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी पीडितको रकम फिर्ता पाउनेगरी अध्यादेश ल्याउने निर्णय गरेको हो।

थारूवान
1 65 66 67 68 69 324