बर्दियाको अमर सहिद क्याम्पसमा नेविसंघका अमृत थारु विजयी

बर्दियाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। मंगलबार भएको स्ववियु निर्वाचनमा १६ मतले अनेरास्ववियु (क्रान्तिकारी) लाई पराजितगर्दै नेपाल विद्यार्थी संघको अमृत थारु सभापति रहेको संयुक्त प्यानलले जित हासिल गरेको हो।
कूल मत ६१५ मध्ये प्रत्यक्षतर्फ खसेको मत ४९५ र समानुपातिक तर्फ ५०० मत खसेको थियो। विजयी र्यालीमा आफ्नो छोटो भनाई राख्दै निर्वाचित सभापति थारुले सबै विद्यार्थीहरुको जित भएको भन्दै सधैंभरि विद्यार्थीहरुकै हितमा काम गर्ने बताए।
आफ्ना घोषणा पत्रअनुसार विश्वास जितेको भन्दै आफू सोहीअनुसार कटीबद्ध रहने सभापति थारुको भनाइ छ। राजापुरमा नेविसंघ र अनेरास्ववियुको साझा प्यानल, अनेरास्ववियु (क्रान्तिकारी) र नागरिक विद्यार्थी समाजबीच कडा प्रतिस्पर्धा भएको थियो।
Facebook Comment