समाचार

दीपेन्द्र सिंह ऐरीले जिते कार, ललितलाई मोटरसाइकल

नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे।

थारूवान

नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो। सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

थारूवान

लुम्बिनी प्रदेशबाट बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयले ठूलो बहस सिर्जना गरेको छ। बर्दिया र बाँकेमा बस्ने थारू जनप्रतिनिधिहरूले यस विषमा खुलेर विरोध गर्न थालेका छन्। पार्टीका ठूला नेतहरूले भित्रभित्रै बर्दिया र बाँकेलाई कार्णालीमा गाभ्ने कसरत गरिरहेको उनीहरूको आरोप छ।

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानलाई हिरासतमा दिइएको सुविधाप्रति धेरैले प्रश्न गरेका छन्। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक भएपछि उनलाई दिइएको सुविधाप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले प्रश्न गरेकी छन्।

थारूवान

विगतको वर्षमा झैँ चालू वर्षमा पनि कैलालीको धनगढी उपमहानगरपालिका-१६ स्थित भादा गाउँमा थारु होमस्टे महोत्सव आयोजना हुने भएको छ। थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्ने उद्देश्यका साथ पुस १७ देखि २१ गतेसम्म महोत्सव आयोजना हुने भएको हो।

थारूवान

बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान शुभारम्भ गरेको छ। ठाकुरबाबा नगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ गरेको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमका विच बिहीबार अभियानको शुभारम्भ गरे।

थारूवान

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

थारूवान

महिलालाई कुटपिट गरेको आरोपमा कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका-१ का रुपा चौधरी, लहानु डङ्गौरा, मनोज चौधरी र बाबुराम डङ्गौरा रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

थारूवान

कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो।यससँगै जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो।

थारूवान

एक दिन राजकुमारी चौधरीले आफ्ना पतिलाई भलमन्सा बन्न सुझाव दिइन्। थारू समुदायमा भलमन्सा भनेको गाउँ या बस्तीको अभिभावक हो। परम्परादेखि नै यो पदमा पुरूष मात्र चुनिने चलन थियो। त्यसैले उनले श्रीमानलाई यो पद दाबी गर्न भनिन्।

थारूवान
1 67 68 69 70 71 324