समाचार

फोनिज कैलालीको अध्यक्षमा पुनः चौधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कैलालीको अध्यक्षमा पुनः रामबहादुर चौधरी चयन भएका छन्। फोनिज जिल्ला शाखाको आज धनगढीमा भएको पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मतले उहाँलाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पेको हो।

थारूवान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताएका छन्। घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सवको उद्घाटन गर्दै उनले लुम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिए।

थारूवान

नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संकट टरेको छैन। पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन्।

थारूवान

चीनले आफूले चयन गरेको ११ औं पञ्चेन लामा, ग्याल्त्सेन नोर्बुको अन्तर्राष्ट्रिय छवि बढाउन सक्रिय रूपमा काम गरिरहेको छ। ग्याल्त्सेन नोर्बु, जसलाई ग्याइनसिन नोर्बु वा चोक्यि ग्याल्पो पनि भनिन्छ, जसको जन्म १३ फेब्रुअरी १९९० मा तिब्बत स्वायत्त क्षेत्र (TAR) को ल्हारी जिल्लामा भएको थियो।

थारूवान

डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। यस विषयमा अध्यक्ष राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ। पूर्वमा जनमत र पश्चिममा नागरिक उन्मुक्ति ‘बलिया’ देखिएका छन्।

थारूवान

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छन्। मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो।

थारूवान

नेकपा माओवादी केन्द्रले कैलालीको १३ वटै पालिकामा पालिकास्तरीय नयाँ कार्यसमिति चयन गरेको छ। सो पार्टीको पालिकास्तरीय सम्मेलनबाट नयाँ कार्य समिति चयन गरिएको हो। माओवादीले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको नगर कार्य समिति अध्यक्षमा बलबहादुर ऐर ‘बाली’ निर्वाचित भए।

थारूवान

कैलालीमा एक जना व्यक्ति मृत भेटिएका छन्। घोडाघोडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।

थारूवान

माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ। थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो। माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ। थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन्।

थारूवान

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ।

थारूवान
1 79 80 81 82 83 339