थारू समाचार
थाकस युएईले शनिबार दुबईमा जितिया कार्यक्रम गर्दै
थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएईका अध्यक्ष भागरथी कुमार भगतले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताए। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ।
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार लिएका छन्। टीकापुरमा गत शुक्रबार र शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट उनले पार्टीको कार्यकारी अधिकार लिएका हुन्। पार्टीको अध्यक्ष उनको पत्नी रन्जिता श्रेष्ठ रहे पनि महाधिवेशन सम्पन्न नभएसम्म रेशमले कार्यकारी अधिकार लिएका हुन्।
थारूवानथारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित भएका छन्। नागरिक समाजका अगुवा दिलबहादुर चौधरीलाई तीन मतले पराजित गरी उनी सभापतिमा निर्वाचित भएका हुन्। विजयी भएका चौधरीले १५३ र पराजित दिलबहादुर चौधरीले १५० मत प्राप्त गरे। सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले दुई मत प्राप्त गरे। त्यस्तै, उपसभापतिमा १८७...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस) चितवनले थारू बाहुल्य क्षेत्रलाई समेटी अधिकारसहितको स्वायत्त संरक्षित वा विशेष क्षेत्र माग गरेको छ। भरतपुर घोषणा पत्र जारी गर्दै उसले चितवनका थारूहरूलाई विशेष अधिकार माग गरेको हो। राज्यको मूल धारमा आदिवासी थारूहरुको पहिचान पहुँच प्रतिनिधित्व कायम नभएको भन्दै उसले ध्यानार्षणसमेत गराएको छ।
थारूवानदेशकै चौथो ठूलो जनसंख्या भएको थारू समुदायले अधिकारका निम्ति अहिले पनि कुनै न कुनैरूपले राज्यविरुद्ध आन्दोलन गरिरहेका छन्। राज्यबाट अधिकारविहीन भइरहेकै बेला थारूको आस्थामाथि प्रहार गर्ने काम भएको छ। दाङ देउखुरीको गढवा गाउँपालिका-३ स्थित सिद्ध बाबा जंगलकुटीको अस्तित्व मेटाउने प्रयास भएको छ। वर्षौंदेखि सिद्ध बाबा जंगलकुटीको नामले चिनिने धरोहरको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश