थारू समाचार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा दोहोरिइन् भगवती चौधरी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हितबहादुर तामाङ रहेका छन्। एमालेले...
थारूवानस्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर घोराही बजारमा प्रदर्शन गरेका छन्। आन्दोलन सुरु गरेको नवौँ दिन बिहीबार पीडितले हलो र जुवा बोकेर घोराही बजार परिक्रमा गरेका हुन्। उनीहरूले गएको ८ फागुनदेखि धर्ना तथा र्याली निकालेर विरोध गर्दै आएका छन्। माग पूरा नहुँदासम्म यसरी नै आन्दोलन गर्ने संघर्ष...
थारूवानज्यूँदै मर्याको भनि नाम छ कस्को ? उद्यमबिना बित्छ काल जस्को । आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक...
थारूवानहरिराम चौधरी/माओवादी सांसद राष्ट्रियसभामा छ वर्षे कार्यकाल मेरो पहिलो हो। पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन्। कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक अविच्छिन्न सर्वोच्च संस्थाको रूपमा महत्त्वपूर्ण हुन्छ भनेर व्याख्या गरेका छन्। मेरो आफ्नो बुझाइमा राष्ट्रियसभाले विशेष गरेर देशको हरेक नीति, नियम, कानुनलाई...
थारूवानसंघीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो। तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ। प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो। प्रतिपक्षले असल नियतले दिएका सुझावलाई पनि सरकारले बेवास्ता गरिरहेको देखिन्छ। अहिले पनि...
थारूवानउदयपुरको त्रियुगा नगरपालिका-१३ बेहडवाको थारु होमस्टे सञ्चालनसँगै थारु संस्कृतिको जगेर्ना गर्न आगन्तुक पर्यटकलाई सेवा प्रदान गर्न बलयगाडा सफारी सुरु गरेका छन्। बहेडवा थारु होमस्टेमा आउने आगन्तुकलाई लिन जान र वरपर भ्रमण गराएर थारु संस्कृतिको जगेर्ना गर्नका लागि पहिलो पटक बयलगाडा सफारी सुरु गरिएको थारु घरबास सञ्चालक उतीमलाल चौधरीले बताए।...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले निर्वाचन आयोगलाई पत्रको जवाफ बुझाएका छन्। आयोगले सोधेको पाँच प्रश्नको जवाफ अध्यक्ष चौधरीले मंगलबार निर्वाचन आयोगलाई बुझाएका हुन्। उनले आफूविरुद्धको मुद्दा नैतिक पतनभित्र नपर्ने उल्लेख गरेका छन्। कर्तव्य ज्यान फौजदारी अपराध भए पनि फौजदारी अपराध र नैतिक पतन देखिने फौजदारी अपराध पर्यायवाची नभएको...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको बताएका छन्। उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने बताए। त्यस्तै एमाले सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।...
थारूवाननिर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन र अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि प्रश्न उठाएको छ। गत पुस २६-२८ मा भएको पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए। नागरिक उन्मुक्ति पार्टीले रेशम नेतृत्वको नयाँ कार्यसमितिको अद्यावधिकका लागि गत माघ २९ गतगे निर्वाचन आयोगमा निवेदन दिएको थियो। रेशम चौधरी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश