थारू समाचार
नागरिक उन्मुक्तिले माग्यो उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय
आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ। राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन्।
थारुवान संबाददाताभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री मोदीले बिहीबार दिल्लीमा आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन्।
थारुवान संबाददाताफागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलको नेतृत्व गर्दै उम्मेदवारी दिए। उनका प्रतिद्वन्द्वीमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक-पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन्,’ बुधबार प्रतिनिधिसभामा विशेष मिय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले भने ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश