थारू समाचार

खिचरा महोत्सवमा दर्शकको चाप बढ्दै, दोस्रो दिन भए यी कार्यक्रम

आठौं खिचरा महोत्सवको दोस्रो दिनउल्लेख्य संख्यामा दर्शकले अवलोकन गरे। आज भएको भलिबलको खेलअन्तर्गत पहिलो चरणको चार खेल सम्पन्न भएको छ। खैरहनी वार्ड-९, सैनिक स्कुल सेक्युरिटी ग्रुप, एपिएफ भण्डारा र माडी नगरपालिकाले क्रमशः इन्द्र टोल खैरहनी-३, नवज्योति युवा क्लब राप्ती-८, लामा स्पोर्ट्स राप्ती-३ र कालिका सिर्जनशील राप्ती-८ लाई हराएर दोस्रो...

थारुवान संबाददाता

थारू समुदायका लागि योगदान गर्ने चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन्। थारू आयोगले प्रदान गर्ने उक्त पुरस्कारका लागि छनौटमा परेकाहरूको नामवली शुक्रबार सार्वजनिक गरिएको हो।

थारुवान संबाददाता

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि दुईपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले तेस्रोपटक माघी महोत्सव

थारुवान संबाददाता

पूर्वी चितवनको खैरहनी नगरपालिका-५ जबकौली (गौचरन)मा आजदेखि ‘आठौं खिचरा महोत्सव’ सुरु भएको छ। महोत्सवको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समुद्घाटन गरेका छन्।

थारुवान संबाददाता

पूर्वी चितवनको खैरहनीमा आजदेखि खिचरा महोत्सव सुरु भएको छ। थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघीको अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो। कार्यक्रमको उद्घाटन दिउँसो १ बजे हुँदैछ। गृहमन्त्री रवि लामिछानेले कार्यक्रमको उद्घाटन गर्नेछन्।

थारुवान संबाददाता

दुबईमा आयोजना हुने माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने महोत्सवको तयारी पूरा भएको कार्यक्रम संयोजक लालबहादुर चौधरीले बताए। महोत्सवमा नेपालबाट थाकसका महामन्त्री प्रेमीलाल चौधरी र गायिका समीक्षा चौधरी सहभागी हुँदैछन्।

थारुवान संबाददाता

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू समुदायले टुडिखेलमा थारू माघी महोत्सव मनाउने भएका छन् । पुस ३० र माघ १ गते हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकारलाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने

थारुवान संबाददाता

आठौं संस्करणको ‘खिचरा महोत्सव–२०७९’ को समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्ने भएका छन्। खिचरा महोत्सव आयोजक समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महोत्सवको समुदघाटन गृहमन्त्री रवि लामिछानेले गर्नुहुने जानकारी गराएका छन्।

कारी महतो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन्। प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन्।

थारुवान संबाददाता