थारू समाचार

लुम्बिनी प्रदेशसभामा धर्म र राजकुमार चौधरीको चर्चा

खुट्टामा जुत्ताचप्पलको सट्टा काठका खराउ। सेतो लुंगी। शीरमा सेतो टोपी। कोट पनि सेतै लगाएर लुम्बिनी प्रदेशसभामा आइतबार शपथ ग्रहणमा सहभागी सांसद धर्मबहादुर थारूको भेषभूषा अरुभन्दा फरक र आर्कषक देखिन्थ्यो। बर्दिया क्षेत्र नं. २ (२)बाट प्रत्यक्ष निर्वाचित उनी खाँटी थारू पोसाकमा ठाटिएका थिए।

थारुवान संबाददाता

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरीले थारू समुदायका माग र मुद्दालाई सरकारले न्यायोचित ढंगले सम्बोधन गर्नुपर्ने बताएका छन्। ‘टीकापुर घटनाका राजबन्दी रिहाइ नभएसम्म कसैलाई सरकार बनाउनमा सहयोग गर्दैनौं र सरकारमा सहभागी हुँदैनौं,’

थारुवान संबाददाता

मधेस प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन्। ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरूलाई सपथ गराएका हुन्। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार ५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा सपथ लिए।

थारुवान संबाददाता

प्रस्तुती : सहदेव चौधरी/अनलाइनखबरबाट साभार जेलको समयलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ? मलाई सब ठीक छ । चुनावको तनाव हटेको छ । म आजभोलि नयाँ किताबको प्रकाशनको तयारीमा छु । साथै राजनैतिक विषयमा पनि पार्टीभित्र व्यापक छलफल भइरहेको छ । भेटघाटमा रहन्छु । साहित्य पनि लेखिरहेको छु । चुनावमा...

प्रस्तुती : सहदेव चौधरी/अनलाइनखबरबाट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रेशम चौधरीको रिहाइ माग गर्दै स्मरण पत्र बुझाइएको छ। नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितलगायत नेताहरूले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई स्मरणपत्रसहितको ज्ञापन बुझाएका हुन्।

थारुवान संबाददाता

शुक्लाफाँटा नगरपालिका-८ नौखरीका भावना चौधरी नयाँ पिँढीका युवतीलाई थारु समुदायको परम्परागत पहिरन लेहङ्गा-चोली बनाउने सीप सिकाउने कार्यमा लागेकी छिन्। बुढापाकाबाट सीप सिकेर चौधरीले नयाँ पुस्ताका युवतीलाई लेहङ्गा-चोली सिउने, बुट्टा भर्ने सीप सिकाउने कार्यमा लागेकी हुन्।

थारुवान संबाददाता

थारू आयोगका पदाधिकारीहरूले मधेसी आयोगको विज्ञप्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ। थारू आयोगका पदाधिकारीहरूकै मिलेमतोमा मधेसीमा सूचीकृत गरिएको मधेसी आयोगको विज्ञप्तिप्रति थारू आयोगका पदाधिकारीहरूले आपत्ति जनाएको छ।

थारुवान संबाददाता

मधेसी आयोगले थारू आयोगका पदाधिकरीहरूकै सहमतिमा थारूलाई मधेसीमा सूचीकृत गरेको बताएको छ। गत मंसिर २९ गते प्रेस विज्ञप्ति जारी गर्दै मधेसी आयोगले यस्तो दाबी गरेको हो।

थारुवान संबाददाता

केन्द्रीय सरकार बनेसँगै प्रदेश सरकार गठनको बाटो खुला भएको छ। गठबन्धनमा आबद्ध दलहरूले प्रदेशमा पनि सरकार गठनका लागि आन्तरिक छलफल गरिरहेका छन्। सातद वटै प्रदेशमा गठबन्धनको स्पष्ट बहुमत भएपछि सरकार गठनका विषयमा तीव्र छलफल भइरहेको गठबन्धनमा आबद्ध नेताहरूले बताएका छन्।

प्रकाश अधिकारी